कोरिया खबर

कोरियन गायिकाले बाँडिन् बिस मिलियनको मास्क!

दक्षिण कोरियाकी गायिका चुङघाले आफनो जन्मदिनको अवसरमा अहिले फैलिएको कोरोनाभाइरसको संक्रमणबाट बालबालिकालाई सुरक्षित पार्न २० करोड वन बराबरको मास्क बालबालिकालाई वितरण गरेकीछिन्।।कोरोनाभाइरसको कारण जताततै मास्कको अभाव खट्किएको बेला उनले मास्क अभाव हुने बालबालिका लाई मास्क दिएर आफ्नो जन्मदिन मनाएकी हुन।

कोरोना भाईरस ले संसारभर त्रसिद बनाउदै गर्दा कोरियामा पनी २७ जना संक्रमित भेटिएका छन।कोरियन सरकारले बिभिन्न सुचनामुलक सन्देशहरु दिदै गर्दा उनीले जन्मदिन फरक तरिकाले मनाउदा उनको सर्वत्र चर्चा भएको छ।

कोरियामा आफुलाई कोरोनाभाईरस लागेको प्र्याङक गर्ने युट्युबर पुलिसको वान्टेड सुचिमा !

दक्षिण कोरियाको बुसान प्रहरीले शनिबार कोरोना भाईरस बिरामी भएको नाटक (प्र्याङक) भिडियो बनाई यूट्युबमा राखेको आरोपमा कोरियाली युट्युबरलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।बुसान मेट्रोपोलिटन प्रहरी एजेन्सीले बताएअनुसार उक्त ब्याक्तीको पुर्ण परिचय खुलेको छैन ।च्यानलमा भएका अरु भिडियो हेरेर पत्ता लगाउने जानाकारी गराए।

उक्त ब्याक्ती जसले आफु कोरोनाभाईरस को ईपिसेन्टर वुहान चिन बाट आएको र आफु कोरोना भाईरस संक्रमित भएको नाटक गर्दै बुसानको ब्यस्त सार्वजनिक स्थलहरुमा भिडियो रेकर्ड गरी आफ्नो युट्युब च्यानल मार्फत पोस्ट गरेको छ।उक्त ब्याक्तीले बुसानका सब वे स्टेसन मा आफु खोक्दै आफु भाईरस संक्रमित हो भन्दै पब्लिक प्रतिकृयाको भिडियो क्लिप तयार गरेको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त ब्याक्ती २० बर्षिय किशोर रहेको छ,उसले यस्तो भिडियो रेकर्ड गरी आफु चर्चित हुन साथै युट्युबमा सस्क्राईबर बटुल्न यस्तो हर्कत गरेको खुल्न आएको छ।

प्रहरीले भनेको छ कि ” विश्वनै त्रसित भएको यो जटिल अबस्थामा गलत समाचार,सुचना तथा भिडियो बनाउने जो सुकैलाई कानुनी कारबाही तत्काल गर्नेछौँ।यस्तो परिस्थितीमा यस किसिमको भिडियोले आम जनमानसमा भ्रम पैदा हुन्छ।त्यसैले यस्ता गलत सुचना दिने खालका भिडियो तथा समाचार सम्प्रेशण नगर्नुहोला ।”रोजगारीको शिलशिलामा कोरियामा कार्यरत नेपालीहरु पनी यस किसिमको गलत सुचना तथा भिडियो पोस्ट गरी आम जनमानसमा भ्रम पैदा नगर्नुहोला है पुलिसको फन्दामा परियला।

Author Since: Dec 06, 2019

Related Post