कोरिया खबर

कोरोना भाईरसको कारण कोरियाको लोट्टे मार्ट बन्द

सोल-कोरोना भाईरस सङ्क्रमित एक व्यक्तिको भ्रमण भएको पत्ता लागेपछि कोरियाकै प्रतिष्ठित लोट्टे डिपार्टमेन्टले गत शुक्रवार साँझबाट बन्द भएको छ ।मियोङडोङ क्षेत्रकै प्रतिष्ठीत उक्त डिपार्टमेन्ट स्टोर ब्यस्त ब्यापारिक क्षेत्रमा रहेको छ ।चिनको हुवान प्रान्तकी ती महिला गत आईतबार स्टोरमा आएकि थिईन् । उनमा भाईरसको सङ्क्रमण थाहा पाएपछि क्वारेन्टाईन उद्देश्यका

लागि उक्त होटल बन्द गरिएको स्टोर प्रतिनिधिले जानकारी दिए ।स्टोर्सको सम्पुर्ण सरसफाई तथा एन्टी भाईरल स्प्रे छर्के पश्चात स्टोर्स पुन: सञ्चालनमा ल्याईने स्टोर्सले जनाएको छ ।त्यसै गरि कोरियाकै अर्को प्रतिष्ठित ब्यापारीक स्टोर्स ई-मार्टले पनि सोहि महिला भ्रमण गरेको पत्ता लागे सँगै आफ्नो कारोबार बन्द गर्दै सरसफाईलाई तिब्रता दिएको छ ।

स्मरण रहोस्, आईतबार सम्मको सरकारी तथ्याङ्कका अनुसार दक्षिण कोरियामा २५ जना कोरोना भाईरसका सङ्क्रमितहरु पत्ता लागिसकेका छन् ।

कोरियामा आफुलाई कोरोनाभाईरस लागेको प्र्याङक गर्ने युट्युबर पुलिसको वान्टेड सुचिमा !

दक्षिण कोरियाको बुसान प्रहरीले शनिबार कोरोना भाईरस बिरामी भएको नाटक (प्र्याङक) भिडियो बनाई यूट्युबमा राखेको आरोपमा कोरियाली युट्युबरलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।बुसान मेट्रोपोलिटन प्रहरी एजेन्सीले बताएअनुसार उक्त ब्याक्तीको पुर्ण परिचय खुलेको छैन ।च्यानलमा भएका अरु भिडियो हेरेर पत्ता लगाउने जानाकारी गराए।

उक्त ब्याक्ती जसले आफु कोरोनाभाईरस को ईपिसेन्टर वुहान चिन बाट आएको र आफु कोरोना भाईरस संक्रमित भएको नाटक गर्दै बुसानको ब्यस्त सार्वजनिक स्थलहरुमा भिडियो रेकर्ड गरी आफ्नो युट्युब च्यानल मार्फत पोस्ट गरेको छ।उक्त ब्याक्तीले बुसानका सब वे स्टेसन मा आफु खोक्दै आफु भाईरस संक्रमित हो भन्दै पब्लिक प्रतिकृयाको भिडियो क्लिप तयार गरेको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त ब्याक्ती २० बर्षिय किशोर रहेको छ,उसले यस्तो भिडियो रेकर्ड गरी आफु चर्चित हुन साथै युट्युबमा सस्क्राईबर बटुल्न यस्तो हर्कत गरेको खुल्न आएको छ।

प्रहरीले भनेको छ कि ” विश्वनै त्रसित भएको यो जटिल अबस्थामा गलत समाचार,सुचना तथा भिडियो बनाउने जो सुकैलाई कानुनी कारबाही तत्काल गर्नेछौँ।यस्तो परिस्थितीमा यस किसिमको भिडियोले आम जनमानसमा भ्रम पैदा हुन्छ।त्यसैले यस्ता गलत सुचना दिने खालका भिडियो तथा समाचार सम्प्रेशण नगर्नुहोला ।” रोजगारीको शिलशिलामा कोरियामा कार्यरत नेपालीहरु पनी यस किसिमको गलत सुचना तथा भिडियो पोस्ट गरी आम जनमानसमा भ्रम पैदा नगर्नुहोला है पुलिसको फन्दामा परियला।

Author Since: Dec 06, 2019

Related Post