कोरिया खबर

‘कोरियामा कार्यरत नेपाली कामदारलाई पेन्सन दिनुपर्यो’ -श्रम मन्त्री यादव

काठमाडौं- दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुलाई पेन्सनको व्यवस्था गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आग्रह गरेका छन्।सोमबार दक्षिण कोरियाली राजदूत पार्क योङ्सिकसँग शिष्टाचार भेटको क्रममा कोरियामा कार्यरत नेपाली श्रमिकहरुलाई पेन्सन प्रणालीमा समेट्न आग्रह गरेका हुन्।नेपाली युवाहरुका लागि कोरिया रोजगारीको आकर्षक गन्तव्य

मुलुक भएकाले कोटा बढाउनुपर्नेमा समेत मन्त्री यादवले जोड दिए।‘कोटा वृद्धि भए भाषा र सीप परीक्षण गरेर प्रतिक्षामा बस्नुपर्दैन‚’ मन्त्री यादवले भने।साथै रोजगार अनुमति प्रणाली (ईपिएस) भाषा परीक्षालाई थप व्यवस्थित, मर्यादित बनाउनका लागि नेपाल प्रतिबद्ध रहेको मन्त्री यादवले बताएका छन्।

भेटका क्रममा कोरियाली राजदूत योङ्सिकले ईपिएस भाषा परीक्षालाई थप व्यवस्थित बनाउन कम्प्युटरमा आधारित परीक्षा (सीबिटी) सञ्चालन आवश्यक भएको बताए। सो व्यवस्थाका लागि पूर्वाधार निर्माणको तयारी गर्नुपर्नेमा उनले जोड दिए।कोरियामा नेपाली कामदारहरुले आत्महत्या गर्ने प्रवृतिबारे चिन्ता व्यक्त गर्दै उनले यो प्रवृति अन्त्यका लागि श्रमिकहरुको पारिश्रमिक बढाउने तथा पारिवारिक भेटघाटलाई सहज बनाउन जोड दिने उल्लेख गरे।हटपाटीबाट

कोरियामा आफुलाई कोरोनाभाईरस लागेको प्र्याङक गर्ने युट्युबर पुलिसको वान्टेड सुचिमा !

दक्षिण कोरियाको बुसान प्रहरीले शनिबार कोरोना भाईरस बिरामी भएको नाटक (प्र्याङक) भिडियो बनाई यूट्युबमा राखेको आरोपमा कोरियाली युट्युबरलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।बुसान मेट्रोपोलिटन प्रहरी एजेन्सीले बताएअनुसार उक्त ब्याक्तीको पुर्ण परिचय खुलेको छैन ।च्यानलमा भएका अरु भिडियो हेरेर पत्ता लगाउने जानाकारी गराए।

उक्त ब्याक्ती जसले आफु कोरोनाभाईरस को ईपिसेन्टर वुहान चिन बाट आएको र आफु कोरोना भाईरस संक्रमित भएको नाटक गर्दै बुसानको ब्यस्त सार्वजनिक स्थलहरुमा भिडियो रेकर्ड गरी आफ्नो युट्युब च्यानल मार्फत पोस्ट गरेको छ।उक्त ब्याक्तीले बुसानका सब वे स्टेसन मा आफु खोक्दै आफु भाईरस संक्रमित हो भन्दै पब्लिक प्रतिकृयाको भिडियो क्लिप तयार गरेको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त ब्याक्ती २० बर्षिय किशोर रहेको छ,उसले यस्तो भिडियो रेकर्ड गरी आफु चर्चित हुन साथै युट्युबमा सस्क्राईबर बटुल्न यस्तो हर्कत गरेको खुल्न आएको छ।

प्रहरीले भनेको छ कि ” विश्वनै त्रसित भएको यो जटिल अबस्थामा गलत समाचार,सुचना तथा भिडियो बनाउने जो सुकैलाई कानुनी कारबाही तत्काल गर्नेछौँ।यस्तो परिस्थितीमा यस किसिमको भिडियोले आम जनमानसमा भ्रम पैदा हुन्छ।त्यसैले यस्ता गलत सुचना दिने खालका भिडियो तथा समाचार सम्प्रेशण नगर्नुहोला ।” रोजगारीको शिलशिलामा कोरियामा कार्यरत नेपालीहरु पनी यस किसिमको गलत सुचना तथा भिडियो पोस्ट गरी आम जनमानसमा भ्रम पैदा नगर्नुहोला है पुलिसको फन्दामा परियला।

Author Since: Dec 06, 2019

Related Post