कोरिया खबर

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाद्वारा सवारी दुर्घटनामा परेका बिरामिलाइ आर्थिक सहयोग प्रदान

दक्षिण कोरिया बि. एन. आचार्य ।सिन्धुपाल्चोक समाज दक्षिण कोरियाद्वा सवारी दुर्घटनामा परेका बिरामिलाइ आर्थिक सहयोग प्रदान गरेको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले १ बर्षदेखी हस्पीटलमा उपचारत सुजल जिसी उपचारार्थ संचालित सहयोग अभियान बाट सन्कलित ४,००,१००वोन रकम आर्थिक सहयोग गरेको हो। प्युठान घर भइ एक वर्ष अघि मात्र इपिएस मार्फत

दक्षिण कोरिया आएका सुजल जिसि यहाँको एक कृषीमा कार्यरत थिए । अनेकौँ सपना सजाएर कोरिया आएका उनी कम्पनिमा काम गरेको दुइ महिना नपुग्दै दुर्घटनामा परे र अहिले सम्म अस्पतालको बेडमा उपचार गराइ रहेका छन् । उपचारमा लागेको रकम तिर्न नसक्दा लामो समय देखि अस्पतालको बेडमा कष्टकर

जिवन विताइरहेका पिडीतको दुखको घाऊमा मलम लगाउने हेतुले सिन्धुपाल्चोक समाज दक्षीण कोरियाद्वारा सानो अभियान चलाएर ४,०१,०००₩ अक्षररुपी चार लाख एक हजार वन सहयोग गरेको छ ।सहयोगी मनहरुमा सिन्धुपाल्चोक समाज दक्षिण कोरिया धन्यवाद ग्यापन गर्दै आगामी दिनहरू मा यस्ता दुःख तथा समस्या मा परेका नेपाली हरुमा हातेमालो गर्दै अघि बढने समेत जनाएको छ ।

साथै ईच्छुक सहयोगी मनहरुले निम्न खातामा रकम पठाएर सहयोग गरिदिनुहुन समेत अनुरोध गरेको गर्दै बिरामीको उच्च मनोबल र शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

Name- Suraj GC Bank – KB국민 은행
Ac no:78450100620477
Contact – 01038193231

Author Since: Dec 06, 2019

Related Post