दक्षिण कोरियाली चलचित्र “प्यारासाइटले” जित्यो ओस्कर्स २०२० – अंग्रेजी भाषाको चलचित्र बाहेक पहिलो रेकर्ड
- by siddhartha@post
- 11 months ago
- 0 comments

सउल,दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले यो वर्षको ओस्कर्समा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ।सो चलचित्र उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो।‘जोकर’ चलचित्रका लागि ओआकिन फिनिक्सले उत्कृष्ट नायक र ‘जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन्।
ब्र्याड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लोरा डेर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन्।प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चारवटा उपाधि जित्यो भने साम मेन्डेसको 1917 चलचित्रले तीनवटा उपाधि जितेको छ।
कोरियामा आफुलाई कोरोनाभाईरस लागेको प्र्याङक गर्ने युट्युबर पुलिसको वान्टेड सुचिमा !
दक्षिण कोरियाको बुसान प्रहरीले शनिबार कोरोना भाईरस बिरामी भएको नाटक (प्र्याङक) भिडियो बनाई यूट्युबमा राखेको आरोपमा कोरियाली युट्युबरलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।बुसान मेट्रोपोलिटन प्रहरी एजेन्सीले बताएअनुसार उक्त ब्याक्तीको पुर्ण परिचय खुलेको छैन ।च्यानलमा भएका अरु भिडियो हेरेर पत्ता लगाउने जानाकारी गराए।
उक्त ब्याक्ती जसले आफु कोरोनाभाईरस को ईपिसेन्टर वुहान चिन बाट आएको र आफु कोरोना भाईरस संक्रमित भएको नाटक गर्दै बुसानको ब्यस्त सार्वजनिक स्थलहरुमा भिडियो रेकर्ड गरी आफ्नो युट्युब च्यानल मार्फत पोस्ट गरेको छ।उक्त ब्याक्तीले बुसानका सब वे स्टेसन मा आफु खोक्दै आफु भाईरस संक्रमित हो भन्दै पब्लिक प्रतिकृयाको भिडियो क्लिप तयार गरेको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त ब्याक्ती २० बर्षिय किशोर रहेको छ,उसले यस्तो भिडियो रेकर्ड गरी आफु चर्चित हुन साथै युट्युबमा सस्क्राईबर बटुल्न यस्तो हर्कत गरेको खुल्न आएको छ।
प्रहरीले भनेको छ कि ” विश्वनै त्रसित भएको यो जटिल अबस्थामा गलत समाचार,सुचना तथा भिडियो बनाउने जो सुकैलाई कानुनी कारबाही तत्काल गर्नेछौँ।यस्तो परिस्थितीमा यस किसिमको भिडियोले आम जनमानसमा भ्रम पैदा हुन्छ।त्यसैले यस्ता गलत सुचना दिने खालका भिडियो तथा समाचार सम्प्रेशण नगर्नुहोला ।” रोजगारीको शिलशिलामा कोरियामा कार्यरत नेपालीहरु पनी यस किसिमको गलत सुचना तथा भिडियो पोस्ट गरी आम जनमानसमा भ्रम पैदा नगर्नुहोला है पुलिसको फन्दामा परियला।