News

कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाको मृत्यु, नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर

चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ।चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ९१० पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।तर चीनमा नयाँ सङ्क्रमण हुने व्यक्तिहरूको सङ्ख्या स्थिर भएको देखिएको छ।चीनका विभिन्न स्थानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४०,००० नाघेको छ

भने एक लाख ८७ हजारभन्दा बढी मानिसलाई चिकित्सकीय निगरानीमा राखिएको छ। गत डिसेम्बर महिनादेखि फैलिएको नयाँ भाइरसको प्रकोपबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली बेइजिङ पठाएको छ।चीनको सरकारी तथ्याङ्कका अनुसार ३,२८१ जनालाई सफल उपचारपछि अस्पतालबाट घर फर्काइएको छ।

सोमवार लाखौँ मानिसहरू लामो बिदापछि काममा फर्किएका छन्।
भाइरसको प्रकोप फैलिएपछि नियन्त्रणको उपायस्वरूप चिनियाँ नयाँ वर्षको बिदा ज्यानुअरी ३१ पछि पनि लम्ब्याइएको थियो।तर सावधानीका उपायहरू यथावत् छन्। काम गर्ने समयका बीचमा विश्रामको व्यवस्था गरिएको छ तथा छानिएका कार्यस्थल मात्र खुलेका छन्।गत सप्ताहान्तमा कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्याले सन् २००३ मा फैलिएको सार्स महामारीले ज्यान लिएका मानिसको सङ्ख्यालाई उछिनेको थियो।

Author Since: Dec 06, 2019

Related Post