ओस्कार अवार्डमा कोरियन चलचित्र ‘प्यारासाइट’को नयाँ कीर्तिमान
- by siddhartha@post
- 11 months ago
- 0 comments

सोल- बोङ जोङ हो को सेन्सनल ब्ल्याक कोमेडी ‘प्यारासाईट’ले वेष्ट पिक्चर सहित ओस्कारका महत्वपूर्ण ४ अवार्ड हात पार्दै नयाँ किर्तिमान कायम गरेको छ ।उक्त चलचित्र गैर अंग्रेजी भाषाको पहिलो वेष्ट पिक्चर अवार्ड जित्ने चलचित्र समेत बनेको छ ।लस एन्जलसको डल्वी थिएटरमा सम्पन्न ९२ औं एकेडेमी अवार्डमा बोङको सातौँ फिचर फिल्म ‘प्यारासाइट’ ले उक्त समारोहको
सबैभन्दा महत्वपुर्ण अवार्डको रुपमा लिईने बेष्ट पिक्चरको उपाधि हात पारेको हो । सो चलचित्र बर्ग विभाजनको कथानकमा आधारित रहेको छ ।यसका साथ साथै चलचित्रले बेष्ट डिरेक्टर, बेष्ट ओरिजिनल स्कृन प्ले तथा बेष्ट इन्टरनेशनल फिचर फिल्मको उपाधि समेत हात पारेको छ । यो कोरियाको पहिलो ओस्कार नोमिनेशनमा परेको फिल्म पनि हो ।
ओस्कार फिल्म अवार्डको बिगत ९० बर्षको ईतिहासमा ‘प्यारासाईट’ नै पहिलो गैर अंग्रेजी भाषाको चलचित्र हो जसले बेष्ट पिक्चर अवार्ड हात पारेको हो । यसका साथै प्यारासाईट यस बर्षको ओस्कार अवार्डको सबैभन्दा बढी अवार्ड थाप्ने चलचित्र समेत बनेको छ ।
‘प्यारासाईट’का निर्माता क्वाक सिन ऐले यो सफलता आफ्नो मात्र नभएर सिङ्गो कोरियाली चलचित्रकै बिजय भएको भन्दै सम्पुर्ण टिमलाई धन्यवाद दिएका छन् भने बोङ एसियाकै दोश्रो बेष्ट डिरेक्टरको उपाधि जित्न सफल भएका छन् ।hotpati