कोरिया खबर

कोरियाले आफ्ना नागरिकलाई ६ वटा देशमा भ्रमण नगर्न दियो कडा सुझाब

दक्षिण कोरियाले ६ वटा मुलुकको भ्रमण नगर्न आफ्ना नागरिकलाई कडा सुझाव दिएको छ । कोरिया सरकारले सिंगापूर, जापान, ताइवान, मलेशिया र भियतनामको भ्रमण नगर्न यस्तो सुझाव दिएको हो । एशिया महादेशभर नोबेल कोरोनाभाइरसको प्रकोप बढ्दै जादाँ कोरिया भित्र थप फैलिन नदिन नागरिकलाई यात्रा नगर्न केन्द्रीय विपत् मुख्यालयले आग्रह गरेको छ ।

आइतबार विश्व स्वास्थ्य संगठन डब्लुएचओले ६ मुलुकलाई भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएको थियो ।यसैबीच दक्षिण कोरियाले कोरोनाभाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तको वुहानमा रहेका आफ्ना नागरिकको तेस्रो पटक चार्टर बिमान कोरिया ल्याएको छ।

१४० जनाको संख्यामा रहेका उनीहरु बुधबार बिहान किम्पो विमानस्थलमा ओर्लिएका छन् । दक्षिण कोरियामा कोरोनाभाइरसबाट अहिले सम्म २८ जना संक्रमित भइसकेका छन् ।हेल्लो नेपाल कोरया डटकम बाट

कोरियामा आफुलाई कोरोनाभाईरस लागेको प्र्याङक गर्ने युट्युबर पुलिसको वान्टेड सुचिमा !

दक्षिण कोरियाको बुसान प्रहरीले शनिबार कोरोना भाईरस बिरामी भएको नाटक (प्र्याङक) भिडियो बनाई यूट्युबमा राखेको आरोपमा कोरियाली युट्युबरलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।बुसान मेट्रोपोलिटन प्रहरी एजेन्सीले बताएअनुसार उक्त ब्याक्तीको पुर्ण परिचय खुलेको छैन ।च्यानलमा भएका अरु भिडियो हेरेर पत्ता लगाउने जानाकारी गराए।

उक्त ब्याक्ती जसले आफु कोरोनाभाईरस को ईपिसेन्टर वुहान चिन बाट आएको र आफु कोरोना भाईरस संक्रमित भएको नाटक गर्दै बुसानको ब्यस्त सार्वजनिक स्थलहरुमा भिडियो रेकर्ड गरी आफ्नो युट्युब च्यानल मार्फत पोस्ट गरेको छ।उक्त ब्याक्तीले बुसानका सब वे स्टेसन मा आफु खोक्दै आफु भाईरस संक्रमित हो भन्दै पब्लिक प्रतिकृयाको भिडियो क्लिप तयार गरेको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त ब्याक्ती २० बर्षिय किशोर रहेको छ,उसले यस्तो भिडियो रेकर्ड गरी आफु चर्चित हुन साथै युट्युबमा सस्क्राईबर बटुल्न यस्तो हर्कत गरेको खुल्न आएको छ।

प्रहरीले भनेको छ कि ” विश्वनै त्रसित भएको यो जटिल अबस्थामा गलत समाचार,सुचना तथा भिडियो बनाउने जो सुकैलाई कानुनी कारबाही तत्काल गर्नेछौँ।यस्तो परिस्थितीमा यस किसिमको भिडियोले आम जनमानसमा भ्रम पैदा हुन्छ।त्यसैले यस्ता गलत सुचना दिने खालका भिडियो तथा समाचार सम्प्रेशण नगर्नुहोला ।” रोजगारीको शिलशिलामा कोरियामा कार्यरत नेपालीहरु पनी यस किसिमको गलत सुचना तथा भिडियो पोस्ट गरी आम जनमानसमा भ्रम पैदा नगर्नुहोला है पुलिसको फन्दामा परियला।

Author Since: Dec 06, 2019

Related Post