कोरियामा कृषीमा काम गर्ने विदेशी कामदारलाई तलबको रुपमा नक्कली कागजको कुपन दिएर झुक्याएपछी!
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने /दक्षिण कोरिया ,दक्षिण कोरियाको ख्यङ्गसाङबोक्दो प्रान्तको यङ्छन भन्ने ठाउँको कृषी फार्ममा कामगर्ने विदेशी नागरिकलाई रोजगारदाताले एकबर्ष अगाडीदेखी तलबको रुपमा नक्कली नगद कुपन दिएर झुक्याएको आप्रवासी विदेशी कामदारको हकमा कामगर्ने त्यहाँको स्थानिय जुमिनसेन्टरले बताएको छ।कोरियाको थेगु र ख्यङ्गसाङनाम्दो प्रान्तमा रहेको जुमिनसेन्टरले बताएअनुसार त्यस क्षेत्रका करिब २०० जना विदेशी कामदारहरु ठगिएको बताईएको छ।
रोजगारदाताले नक्कली कागजको कुपन बनाएर कामदारलाई तलबको रुपमा दिने तथा हिसाब मात्र देखाउने गरेको भेटिएको उनिहरुलाई कागजको नक्कली कुपन देखाएर चाहिएको खन्डमा त्यो कुपनबाट पैसामा साटन सकिने भनेर झुक्याईएको फेला परेको हो।
रोजगारदाताले ति कामदारहरुलाई कागजका नक्कली नगद कुपन बनाएर प्रतेक महिना दिदै आईरहेका थिय,पिडित कामदारले बताएअनुसार उनिहरुलाई भनिएको थियो कि ति नगद कुपन बजारमा लगेर सजिलै पैसासंग साटन सकिन्छ,सामानहरु नि किन्न सकिन्छ भन्दै उनिहरुलाई त्यस्ता कुपनहरु तलबको रुपमा दिएर ठगेको भेटिएको छ।कोरियाको कानुन सम्बन्धी जानाकार नभएका विदेशी कामदारको सोझोपनाको फाईदा उठाउदै रोजगारदाता बाट त्यस्तो हर्कत भएको भेटिएपछी अहिले उनिहरुलाई कारवाही प्रकृया अगाडी बढाईएको स्थानिय प्रसाशनले बताएको छ।

प्रत्येक दिन ९ घन्टा काम गर्ने र घन्टाको ६३०० वोन दिने शर्तमा ति कामदारलाई त्यहाँ राखेको रोजगारदाताले बताए,कोरियाको कानुनअनुसार हाल कोरियामा काम गर्ने जो सुकैकामदारले घन्टाको ८३५० वोन पाउनुपर्ने नियममा उल्लेख छ।रोजगारदाताले कोरियाको नियमअनुसार तलब माग गर्ने विदेशी कामदारलाई अध्यागमन बिभागमा रिपोर्ट गरिदिने धम्की समेत दिएका थिय किनकी ति कामदारहरु अधिकाँश भिजिट भिषा तथा अबैधानिक रुपमा कोरियामा बसोबास गरेका थिय।
गत मंगलबार थेगु क्षेत्रिय रोजगार तथा श्रम प्रशाशनले गरेको पत्रकार सम्मेलनमा मानवअधिकार बादीहरुले श्रम मन्त्रालयको यस प्रतिको निस्कृयताको आलोचना गरेका थिय।”सबैको समान अधिकार छ,छालाको रङ,देशअनुसारको दुर्ब्यबहार तथा जातियताको आधारमा कसैलेपनी कसैलाई भेदभाव गर्न पाईदैन,श्रम मन्त्रालयले यस्ता कुराहरुमा राम्रो संग अनुगमन गर्नुपर्छ।रोजगारदाताले गरेका गल्तीहरुलाई सजाय दिनुपर्छ” ख्यङ्गसाङ्ग माईग्रेन्ट वेलफेयर सेन्टरका सन्चालक किम जङ्ग गोनले बताउनुभयो।
अध्यागमन बिभागको तथ्याङ्कअनुसार यो बर्ष कृषी फार्ममा कामगर्ने बैधानिक कामदार १० हजार रहेको र अबैधानिक त्यसको दोब्बर रहेको छ।पिडितहरु अधिकाँश भियतनामी नागरीक रहेको बताईएको छ।