कोरोना सन्त्रास – कोरियाबाट निर्यात गर्न लागिएका ७ लाख ३० हजार मास्क जफत
- by siddhartha@post
- 1 year ago
- 0 comments

सोल-भन्सार अधिकारीहरुका अनुसार गैरकानुनी रूपमा निर्यात गर्न लागिएका ७ लाख ३० हजार मास्क जफत गरिएको छ ।सरकारी अधिकारीले विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाईरसको प्रकोपपछि हाहाकार भएका मास्क गैरकानुनी रुपमा निर्यात गर्ने बुझिए पछि अनुगमन गर्दा एक हप्तामा त्यति परिमाणमा मास्क जफत गरिएको बताईएको छ ।
कोरियाली भन्सार विभागका अनुसार ६२ वटा केशमा १ लाख तथा १० वटा पानीजहाजमा अन्य ६ लाख ३० हजार वटा मास्क राखिएको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ गरिएका मास्कको मुल्य करिव १.१८ मिलियन अमेरिकी डलर पर्दछ ।कोरियाली सरकारले गत बुधवार नै एक सूचना जारी गरेर मास्क तथा हात सफा गर्ने सेनिटाईजरको अबैध निर्यात गर्नेलाई २ बर्ष कैद र ५० मिलियन ओन जरिमाना हुने जानकारी गराएको थियो ।
कोरोना प्रकोप पश्चात सरकारले १००० भन्दा बढी मास्क निर्यात गर्न परेमा सरकारी स्विकृति लिन पर्ने व्यवस्था गरेको छ ।हालसम्म कोरियाबाट अबैध रुपमा मास्क निर्यात गर्नेमा अधिकांश चिनीया नागरिक रहेका छन् भने हालै पक्राउ परेका भने कोरियाली नागरिक रहेका छन् ।चिनियाहरुले अधिकतम २५०० सम्म मास्क निर्यात गर्न लाग्दा पक्राउ परेका थिए भने कोरियनहरु यति धेरै परिमाण सहित पक्राउ परेका हुन् ।हटपाटीबाट