News

हिमपहिरोमा हराएका ४ कोरियन नागरिक सहित ७ जना अझै भेटिएनन !

पोखरा । एक महिनाअघि अन्नपूर्ण आधार शिविर जाने बाटोमा ४ कोरियाली र ३ नेपाली सहित ७ जना हराए । विश्वकै चर्चित पदमार्गमा हराएका उनीहरु अझैसम्म भेटिएका छैनन् । बेसक्याम्पको हिँकु केभ र देउरालीबीचको भागमा हिमपहिरो जाँदा उनीहरु बेपत्ता बनेका थिए । अत्यधिक हिमपातका कारण उनीहरुको खोजतलास गर्न पनि गाह्रो परेको सरोकारवाला निकाय बताउँछन् ।

पश्चिमाञ्चल ट्रेकिङ एजेन्सिज एसोसियसन (टान)का अध्यक्ष हरि भुजेलकाअनुसार हिमपहिरोमा हराएका ७ जनालाई अझै फेला पार्न सकिएको छैन । हिम पहिरोमा परेकाहरुलाई खोज्न काठमाडौंबाट आएका टोलीसहित जाँदा पनि उनीहरुको कुनै पत्तो नलागेको उनले बताए ।डिडेक्टर मेसिन ल्याएर हिउँमा ५

मिटर खाल्डो खनेर ५ मिटर लामो डिडेक्टर रड गाड्दा पनि जमिनको सतह फेला पर्न नसकेको उनले बताए । ५ मिटर खाल्डो खनेर ५ मिटरको डिडेक्टर रड गाड्दा पनि जमिनको सतह नभेटिएपछि अझै १२, १३ मिटर भन्दा गहिरो हिउँ जमेको हुन सक्ने उनले अनुमान लगाए ।हिमपहिरो गएको ठाउँमा खाल्डो खन्दा एउटा मालासम्म भेटिएको उनले जानकारी दिए । हिउँ नपग्लिएसम्म कुनै पत्तो लाग्ने छाँटकाँट नदेखिएपछि काठमाडौंबाट आएको टोली फिर्ता गई सकेको उनले बताए ।

हिउँ जमेर बाक्लो सतह बनेको हुनाले पुनः हिमपहिरो जाने सम्भावना रहेकाले अझै एक÷डेढ महिना कुर्नु पर्ने अवस्था आएको उनले बताए । ‘करिब १२ ÷१३ मिटर हिउँ जमेको छ,’ उनले भने, ‘यस्तो अवस्थमा हिउँ खोस्रिदा फेरि पनि हिमपहिरो जाने सम्भावना रहन्छ । अझै एक÷डेढ महिना गर्मी सुरु नभएसम्म शव निकाल्न सकिने अवस्था पनि छैन ।’हिमपहिरोमा हराएका ४ कोरियाली नागरिकका परिवार आएर भेटिने सम्भावना नदेखेपछि कोरिया फर्कि सकेको उनले जानकारी दिए ।

Author Since: Dec 06, 2019

Related Post