
सोल
उत्तर कोरियाली राप्ट्रिय एकता तथा मेलमिलाप झल्काउन डिसेम्बर यता ५० हजार उत्तर कोरियाली जनताको जम्बो टोलीले फेक्तु हिमालमा ट्रेक गरेका छन् ।‘गेम अफ थ्रोन’कै तरिकाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सेतो घोडामा उक्त हिमाल चढेको तस्विर सार्वजनिक भएपछि अन्यहरुले पनि सो हिमाल आरोहण गरेको बताईएको छ ।
यता किम भने विगत ३ साताबाट आफूलाई कोरोना भाईरसको सङ्क्रमणबाट बचाउन घर बाहिर निस्केका छैनन् । तर उक्त हिमाल आरोहणमा निस्केका कसैले पनि मास्क लगाएका छैनन् । सो जानकारी कोरियाली मेलमिलाप केन्द्रका अधिकारी चो हान बमले एक पत्रकार सम्मेलनमा बताएका छन् ।
फेक्तु हिमाल किमका पुस्ताहरूको जन्मस्थल हो र यो स्थानलाई क्रान्तीको प्रतिकका रुपमा पनि लिईन्छ । तर किन यतिका धेरै मानिसलाई उक्त स्थानमा लगियो भन्ने जानकारी छैन ।विश्व खाध्य संगठनका उत्तर कोरिया बिभाग हेर्ने वीर मण्डलका अनुसार उत्तर कोरियामा कोरोना भाईरस नभएको दावी पनि शंकास्पद रहेको भ्वाईस अफ अमेरिका टिभीसँगको अन्तरवार्तामा उनले दिएको अन्तरवार्तामा भनिएको छ ।
उत्तर कोरियाले शंकास्पद मानिसहरुलाई १५ देखि ३० दिन सम्म क्वारेन्टाईनमा राख्ने गरेको छ ।hotpati