कोरियाली मोटर निर्माता कम्पनी हुण्डाई र कियाको कारहरु अन्यभन्दा सुरक्षित
- by siddhartha@post
- 11 months ago
- 0 comments

सोल–
इन्स्योरेन्स इन्स्टिच्युट फर हाईवे सेफ्टी अमेरिकाले हालै गरेको कार दुर्घटना सुरक्षा परिक्षणामा कोरियाली कार उत्पादक कम्पनी ह्युण्डाईका १७ वटा मोडल उत्कृष्ठ ठहरिएका छन् ।उक्त इन्स्टिच्युटले हरेक बर्ष दुर्घटना परिक्षणमा उत्कृष्ठ हुने कार निर्माता कम्पनिलाई अवार्ड गर्ने गर्दछ ।
उक्त अध्ययनमा जिनेसिस जि ८०, जिनेसिस जि ७०, तथा नेक्सो मोडेलका कारहरु उत्कृष्ठ सडक सुरक्षा तथा उत्कृष्ठ हेडलाईटका लागि सम्मानित भएका छन् ।त्यसै गरि टप सेफ्टी पिक अवार्ड कोरियाली कार निर्माता कम्पनि ह्युण्डाईका एलान्ट्रा , एलान्ट्रा जि टी, भेलोस्टर, कोना, टक्सन, पालि सेड र सान्ता फे तथा किया मोटर्स बाट सोरेन्टो, टेलुराईड, स्पोर्टेज, स्टिङ्गर, सोल तथा फोर्टले पनि सडक दुर्घटना सुरक्षा भएका कारले पाउने अवार्ड पाएका छन् ।
दुर्घटना परिक्षणमा गाडी तथा यात्रु सुरक्षा सम्बन्धि विभिन्न दायराहरु तोकिएका हुन्छन् । एसयुभी ले उक्त परिक्षणको सबै भन्दा सुरक्षित कारको उपाधि जितेको छ ।
कोरोना सन्त्रास – कोरियाबाट निर्यात गर्न लागिएका ७ लाख ३० हजार मास्क जफत
सोल-भन्सार अधिकारीहरुका अनुसार गैरकानुनी रूपमा निर्यात गर्न लागिएका ७ लाख ३० हजार मास्क जफत गरिएको छ ।सरकारी अधिकारीले विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाईरसको प्रकोपपछि हाहाकार भएका मास्क गैरकानुनी रुपमा निर्यात गर्ने बुझिए पछि अनुगमन गर्दा एक हप्तामा त्यति परिमाणमा मास्क जफत गरिएको बताईएको छ ।
कोरियाली भन्सार विभागका अनुसार ६२ वटा केशमा १ लाख तथा १० वटा पानीजहाजमा अन्य ६ लाख ३० हजार वटा मास्क राखिएको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ गरिएका मास्कको मुल्य करिव १.१८ मिलियन अमेरिकी डलर पर्दछ ।कोरियाली सरकारले गत बुधवार नै एक सूचना जारी गरेर मास्क तथा हात सफा गर्ने सेनिटाईजरको अबैध निर्यात गर्नेलाई २ बर्ष कैद र ५० मिलियन ओन जरिमाना हुने जानकारी गराएको थियो ।
कोरोना प्रकोप पश्चात सरकारले १००० भन्दा बढी मास्क निर्यात गर्न परेमा सरकारी स्विकृति लिन पर्ने व्यवस्था गरेको छ ।हालसम्म कोरियाबाट अबैध रुपमा मास्क निर्यात गर्नेमा अधिकांश चिनीया नागरिक रहेका छन् भने हालै पक्राउ परेका भने कोरियाली नागरिक रहेका छन् ।चिनियाहरुले अधिकतम २५०० सम्म मास्क निर्यात गर्न लाग्दा पक्राउ परेका थिए भने कोरियनहरु यति धेरै परिमाण सहित पक्राउ परेका हुन् । Hotpati