कोरिया खबर

कोरियाली राष्ट्रपति मुनले ओस्कार विजेतालाई ‘ब्लू हाउस’मा सम्मान गर्ने

सोल- दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले ओस्कार अवार्डमा आफ्नो अत्यन्त दमदार प्रस्तुति दिएर महत्वपुर्ण अन्तराष्ट्रिय अवार्ड थाप्न सफल चलचित्र प्यारासाइटका निर्देशक बोन जुन होलाई यसै साता ब्लू हाउसमा सम्मान गर्ने भएका छन् ।एक विशेष समारोह गरेर चलचित्र परिवारलाई भोज सहित सम्मान गर्ने कार्यक्रम आगामी साताको २० तारिखमा गर्ने तयारी रहे तापनि मिति भने हेरफेर

हुनसक्ने राष्ट्रपतिको कार्यालयले बताएको छ ।कोरियाली चलचित्रले आफ्नो १ सय बर्षको पार गर्नै लाग्दा विश्व स्तरका चलचित्र दिन सक्नु चलचित्र उद्योग मात्र हैन सिङ्गो कोरियालाई नै गौरवान्वीत बनाउने विषय भएको पनि कार्यालयले जनाएको छ ।ओस्कार फिल्म अवार्डको बिगत ९० बर्षको ईतिहासमा प्यारासाईट

नै पहिलो गैर अंग्रेजी भाषाको चलचित्र हो जसले बेष्ट पिक्चर अवार्ड हात पारेको हो । यसका साथै प्यारासाईट यस बर्षको ओस्कार अवार्डको सबै भन्दा बढी अवार्ड थाप्ने चलचित्र समेत बनेको छ ।यसका साथ साथै चलचित्रले बेष्ट डिरेक्टर, बेष्ट ओरिजिनल स्कृन प्ले तथा बेष्ट इन्टरनेशनल फिचर फिल्मको उपाधि समेत हात पारेको छ । यो कोरियाको पहिलो ओस्कार नोमिनेशनमा परेको फिल्म पनि हो ।Hotpati

कोरियाको नदीमा हामफालेर आत्महत्या गर्ने बढेपछि गार्ड रेलको व्यवस्था

सोल-सोल महानगरपालिकाले हाना नदीको पुलहरुमा गार्डरेल निर्माण गर्ने भएको छ । पुलबाट हाम फालेर मानिसहरुले आत्महत्या गर्ने क्रममा बृद्दी भए पछि महानगरले हरेक पुलमा सो गार्डरेल निर्माण गर्न लागेको हो ।
शहरको हान नदीमाथि बनाईएका ३१ पुल मध्ये २० वटामा १.२ मिटर देखि २ मिटर अग्ला गार्डरेलहरु निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

गार्डरेलको निर्माण पश्चात मानिसहरु पुलमा चढ्न नसक्ने हुँदा हाम फालेर आत्महत्या गर्नेहरुको संख्या घट्ने महानगरको विश्वास छ ।सरकारी अधिकारीका अनुसार हान र याङ्ह्वा नदिमाथिका पुलमा गार्डरेल बनाउन यस बर्ष महानगरपालिकाले १.९ विलियन वन बजेट विनियोजन गरेको छ र बाँकी पुलहरुमा आगामि बर्ष सो काम सम्पन्न गर्ने छ । यसले बढ्दो आत्महत्या दर घटाउन मद्दत गर्ने सरकारी अधिकारीको दावी छ ।

Author Since: Dec 06, 2019

Related Post