कोरिया खबर

हिम पहिरोमा हराएका कोरियन नागरिक भेटन असम्भव,गर्मी यामको पर्खाई गर्नुको बिकल्प रहेन !

पोखरा । एक महिनाअघि अन्नपूर्ण आधार शिविर जाने बाटोमा ४ कोरियाली र ३ नेपाली सहित ७ जना हराए । विश्वकै चर्चित पदमार्गमा हराएका उनीहरु अझैसम्म भेटिएका छैनन् । बेसक्याम्पको हिँकु केभ र देउरालीबीचको भागमा हिमपहिरो जाँदा उनीहरु बेपत्ता बनेका थिए । अत्यधिक हिमपातका कारण उनीहरुको खोजतलास गर्न पनि गाह्रो परेको सरोकारवाला निकाय बताउँछन् ।

पश्चिमाञ्चल ट्रेकिङ एजेन्सिज एसोसियसन (टान)का अध्यक्ष हरि भुजेलकाअनुसार हिमपहिरोमा हराएका ७ जनालाई अझै फेला पार्न सकिएको छैन । हिम पहिरोमा परेकाहरुलाई खोज्न काठमाडौंबाट आएका टोलीसहित जाँदा पनि उनीहरुको कुनै पत्तो नलागेको उनले बताए । डिडेक्टर मेसिन ल्याएर

हिउँमा ५ मिटर खाल्डो खनेर ५ मिटर लामो डिडेक्टर रड गाड्दा पनि जमिनको सतह फेला पर्न नसकेको उनले बताए । ५ मिटर खाल्डो खनेर ५ मिटरको डिडेक्टर रड गाड्दा पनि जमिनको सतह नभेटिएपछि अझै १२, १३ मिटर भन्दा गहिरो हिउँ जमेको हुन सक्ने उनले अनुमान लगाए ।

हिमपहिरो गएको ठाउँमा खाल्डो खन्दा एउटा मालासम्म भेटिएको उनले जानकारी दिए । हिउँ नपग्लिएसम्म कुनै पत्तो लाग्ने छाँटकाँट नदेखिएपछि काठमाडौंबाट आएको टोली फिर्ता गई सकेको उनले बताए।’हिउँ जमेर बाक्लो सतह बनेको हुनाले पुनः हिमपहिरो जाने सम्भावना रहेकाले अझै एक÷डेढ महिना कुर्नु पर्ने अवस्था आएको उनले बताए ।

‘करिब १२ ÷१३ मिटर हिउँ जमेको छ,’ उनले भने, ‘यस्तो अवस्थमा हिउँ खोस्रिदा फेरि पनि हिमपहिरो जाने सम्भावना रहन्छ । अझै एक÷डेढ महिना गर्मी सुरु नभएसम्म शव निकाल्न सकिने अवस्था पनि छैन ।’हिमपहिरोमा हराएका ४ कोरियाली नागरिकका परिवार आएर भेटिने सम्भावना नदेखेपछि कोरिया फर्कि सकेको उनले जानकारी दिए ।

रातोपाटीबाट

Author Since: Dec 06, 2019

Related Post