News

चीनको हुबे प्रान्तमा हिडडुल गर्न प्रतिवन्ध

एजेन्सी । नयाँ कोरोनाभाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा हिडडुल गर्न प्रतिवन्ध लगाईएको छ ।आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।निजी कारको प्रयोगमा पनि अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।हुबे प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट

सबैभन्दा बढी प्रभावित भएका छन्। त्यहाँ आइतवारसम्म १,६५० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।तर चीनले आइतवार अर्थात्‌ लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण घटेको घोषणा गर्दै सङ्क्रमण फैलिनबाट रोकिरहेको बताएको थियो।नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड १९ नाम दिइएको छ।

यो सङ्क्रमणमा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।अर्कै घटनाक्रममा एउटा जापानी बन्दरगाहमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट झन्डै ४०० अमेरिकी नागरिकलाई स्वदेश लगिँदैछ।

उनीहरूमध्ये ४० जनामा नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि उनीहरू आपत्कालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउनेछन्। बीबीसी

Author Since: Dec 06, 2019

Related Post