News

नेपाली गायक दिवेश ‘अमेरिकन आइडल’ मा छानिए (भिडियो)

काठमाडौं, फागुन ५ । नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल’मा छानिएका छन् । करिव ६ वर्षअघि अमेरिका गएका काठमाडौँका दिवेश पोखरेल अमेरिकी च्यानल ‘एबिसी’बाट प्रसारण पहिलो श्रृंखलाबाट छानिएसँगै उनको चर्चा सर्वत्र चुलीएको छ । क्यान्सस राज्यको विचिटामा परिवार सहित बस्दै आएका आर्थर गन उपनामले चिनिएका

दिवेश छनौटका प्रस्तुत हुँदा नमस्ते गर्दै शोमा उपस्थित भएका थिए । बारम्बार नमस्ते गरिरहेको उक्त दृश्य निकै रोमाञ्चक र सांस्कारिक पनि थियो । ६ वर्ष हुँदादेखि गाउन थालेको बताउँदै दिवेशले आइडलको मञ्चमा आफू नेपालमा जन्मेको र नेपालको सुन्दरताबारे खुलेर बयान गरेका छन् । हेर्नुहोस् भिडियो

 

Author Since: Dec 06, 2019

Related Post