‘The leader’ मा आउने पनि माक्र्सवाद,लेलिन सिद्धान्त र गान्धी पथ को ज्ञान घोकेर नै आउछन !
- by siddhartha@post
- 1 year ago
- 0 comments

भोजराज घोडाशैनी/दक्षिण कोरिया,’THE LEADER’ का बारेमा अनेकौं टीका टिप्पणी भए। सबैले आ-आफ्ना तर्क राखे। कतै सपोर्ट भयो त कतै चर्को बिरोध पनि। सो कार्यक्रमको घोषणले मात्रै एक बौद्धिक जगतमा छुट्टै बहस सुरुवात गरेको छ। सायद रबि लामिछाने पनि यहीँ चाहन्थे होला। जो भयो। कार्यक्रम शुभारम्भ पछि के हुन्छ। त्यो हेर्न पर्खिनै पर्छ।
प्राकृतिक स्रोत साधनले देश सम्पन्न छ। जलस्रोतमा बिश्वकै दोस्रो धनी हो। पानी मात्रै बेच्ने हो भने पनि हाम्रो जीवन चल्छ।यो देखिने ठुलो र सबैले चिनेको सम्पत्ति भयो। यस बाहेक पनि अन्य थुप्रै सम्भावना छन्। तर हामीले श्रमबेच्न देश छोड्नु पर्छ। आफैमा बिदेशीनु नराम्रो हैन्। तर जिविको पार्जन कै लागि बिदेशीनु ज्यादा दु:खद र पिडादाई चोट छ। यो सब leader को अबोध चेतले भइ रहेको छ, राजनीतिक leader ।
केबल एकजनाले इमानदार भइ जिम्मेवारी बोध गर्यो भने परिवर्तन ल्याउन टाढा जानुपर्दैन भन्ने नजिर कुलमान घिसिङ ले दिएका छन। कुलमानले नयाँ केहि गरेर चमत्कार गरेका हैनन्।भएकै स्रोतको उचित सदुपयोग मात्रै गरेका हुन।जसले गर्दा देश अन्धकारबाट मुक्त भयो।प्रधिकरण नाफामा गयो। यो leader को क्षमता हो। देशको leader मा पनि यो क्षमता,इच्छाशक्ति,इमानदारीता,भिजन र ज्ञान चाहिएको छ। जसको खोजी जरुरी थियो।त्यो खोजी राजनीति दल र तिनका कार्यकर्ताबाट कदापि सम्भब थिएन,छैन।
आमरुपमा हेर्ने हो भने leader रियालिटी सो बाट खोज्ने भन्दा हाँसो लाग्ला।मजाक जस्तो सुनिएला।फेरि कहि नभएको जात्रा हाडी गाउँमा भन्न पनि सकिन्छ। यसो भन्नु स्वाभाविक छ। राजनीतिमा आउने नयाँ बाटो विश्वमा यसरी कतै खोजी भएको छैन।क्रान्ति जेल त्यसपछि राजनीतिक घटाना भएकोले आममाफी अनि राज नेता।यो अभ्यास देशका लागि विकल्प रहित बाटोको रुपमा बिकास भएको छ। यहीँ सोचले ग्रसित मानसिकताले यसो पनि सोच्नु आवस्यक छकी।the leader सो मा आउने व्यक्तिले पनि माक्र्सवाद,लेलिनका बिचार सिद्दान्त,गान्धी ज्ञान घोटेर आउछ। कानुनको पालन गर्ने ,बिश्व राजनीति बुझेको,देसको बिकसीत समस्या पहिचान गरि सकेको,नैतिकवान,विवेकशील हुन्छ।
उमेरको औषत आयु नसकिए सम्म राष्ट्रिय राजनीतिको अबसर नपाउने अनि युवाले फेरि युवा नेतृत्व चाहिन्छ भनी रहने । फेरि फरक बाटो नयाँ ढंगले केहि गरौं भन्दा यो त्यही युवा बर्गमा केको रुवावासी हो?