
सोल/ दक्षिण कोरिया ,दक्षिण कोरियामा रोजगार गर्नेहरुको उमेरलाई लिएर यहाँको राजनिति हाल एकाएक तातिएको छ ।कोरियाली राष्ट्रपति मुन जे इनले गत फेब्रुअरी ११ मा उमेर ढल्केका मानिसहरुलाई काममा राखिरहने की अवकाश दिने भन्ने भनाई सार्वजनिक गरे यता दक्षिण कोरियाको राजनितिमा एक प्रकारको नयाँ तरङ्ग आएको हो ।
मुनले भने जन सान्ख्यीकीलाई व्यवस्थित बनाउन उनीहरुको रिटायर्ड हुने समयलाई पछि सार्ने भनेपछि कोरियाली राजनिति तातेको हो ।कतिपय आलोचकहरुले भने मुनको सो भनाई राज्यले पेनसनमा बेहोर्ने भार मत्थर गर्ने चालवाजी मात्र भएको बताएका छन् । रिटायर्ड हुने उमेर हद बढाइनु भनेको राज्यको आर्थिक गतिलाई ढिलो बनाउनु हो
भन्दै आलोचकहरुले मुनको सो भनाइमा व्यवाहारिकता नरहेको बताएका छन् ।मुनले कोरियाको आर्थिक स्तर निकै नै तल झरेकाले उक्त समस्याको समाधानका लागि महिला र बृद्ध जनसंख्यालाई पनि रोजगारमा समाबेश गराइनुपर्ने भनाई सार्वजनिक गरे लगत्तै बिपक्षीहरुको सो भनाई आएको हो ।सर्वसाधारण युवाहरुले पनि मुनको सो भनाइको कटु आलोचना गरेका छन् । एक २९ बर्षिय कोरियाली नागरिकले भनेका छन् -‘बुढेसकालले छोएका मानिसहरुलाई सरकारले काखी च्याप्ने र युवाहरुलाई रोजगारको स्थिति सृजना नगर्ने वर्तमान कोरियाली सरकारको नितिका कारण कोरियाली युवाहरुमा वितृष्णा जागेको छ ।
यता सरकारको भनाइको बचाउ गर्दै कोरियाली विकास इन्स्टीच्युटका निति निर्माण विभाग प्रमुख ली ताइ सुकले हाल युवाहरुमा आएको यो आक्रोस स्वभाविक रहेको तर उनीहरुले व्यवाहारिक भएर नसोचेको आरोप समेत लगाए साथै उनले युवाहरुको सो भनाई पछि आफू बुढो हुनै नपर्ने जस्तो खालको गैर जिम्मेवार रुपमा आएको समेत उनले आरोप लगाए ।उनले कोरियाली सरकारको निति युवाहरुमा जागिरको सुनिश्चितता तथा भविश्यको व्यवस्था रहेकाले कोहि पनि आत्तिन र हतारमा अनावश्यक टिप्पणी गर्न आवश्यक नरहेको पनि उनले बताए ।
हाल कोरियामा छानेर जागिर खानेहरुको संख्या धेरै छ । राम्रो कम्पनिमा काम गरे पछि सम्म राम्रो भएर जाने हुदा प्राय कर्मचारीहरुले आफूले गर्दै गरेको काम फुत्तै छोड्न चाहादैनन् । यता कम्पनीमा काम गरेको आधारमा तलवमान बढ्दै जाने हुदा पनि उनीहरु कम्पनी छोड्न चाहादैनन् ।ब्यापारी तथा अर्थवीदहरु भने यसरि उमेर ढल्केकाहरुलाई उमेर हद बढाएर रोजगारमा राखि रहदा कम्पनीको उत्पादन क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर पर्ने बताएका छन् ।बृद्ध उमेर समुहका मानिसहरुका लागि समेत रोजगारको व्यवस्था गरिनु सुखद भएता पनि यसले हाल कोरियामा उत्पन्न आर्थिक गिरावटको समस्या समाधान नगरि अझ यो समस्यालाई थप जटिल बनाएर लैजाने उनीहरुको तर्क रहेको छ ।हटपाटीबाट