कोरिया खबर

कोरियामा घरबार बिहिन एक ब्याक्तीको हिउको कारणले मृत्यु !

गुरुदत्त न्यौपाने / सउल

दक्षिण कोरियामा अस्तिदेखी परेको हिमपातले कोरियाको मौषम अत्यन्तै चिसो भएको कारण एकजना घरबार बिहिन ब्याक्ती बाहिर चिसोमा सुतेको कारण सोमबार बेलुकी मृत फेला परेका छन।

५५ बर्षिय घरबार बिहिन एक वयस्क कोरियन नागरिक बुसानको नजिकैको रेलवे स्टेशन बुजन स्टेसनमा खुल्ला आकाशमा सुतिरहेको अबस्थामा मृत फेला परेका थिय।प्रहरीका अनुसार उक्त ब्याक्ती स्टेशन एक्जिट नम्बर १ को नजिकै थोत्रो ज्याकेट र ब्ल्याङ्केट ओडेर सुतेको अबस्थामा फेला परेका थिय।

सोमबारको बुसानको न्युनतम तापक्रम -४ डिग्री सम्म झरेको थियो।प्रहरीले बताएअनुसार उक्त ब्याक्ती हाईपोथर्मिया को कारण मरेको जनाएको छ।

Author Since: Dec 06, 2019

Related Post