कोरिया खबर

दक्षिण कोरियामा बिदेशीको संख्या २५ लाख नाघ्यो

सोल-दक्षिण कोरियाली तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको बिदेशी सम्बन्धि प्रतिवेदन अनुसार हाल कोरियामा बसोबास गर्ने आप्रवासीहरुको जनसंख्या २५ लाखभन्दा बढी रहेको छ । यो संख्या गत बर्षको तुलनामा करिव ७ प्रतिशतले बढी हो ।न्याय मन्त्रालय अनुसार हाल दक्षिण कोरियामा २५ लाख २४ हजार ६ सय ५६ जना बिदेशी रहेका छन् । यो तथ्यांक सन् २०१९ को अन्त्यसम्मको हो ।

कोरियामा बिदेशीको संख्या प्रति महिना करिव ३.७ प्रतिशतका दरले बढीरहेको छ । सन् २००७ मा करिव १० लाख रहेको आप्रवासीहरुको संख्या सन् २०१६ सम्म आउदा करिव २० लाख पुगेको थियो ।२५ लाख आप्रवासी जनसंख्या भनेको कोरियाको कुल जनसंख्याको करिव ४.९ प्रतिशत हो । हाल कोरियाको जनसंख्या करिव ५ करोड १६ लाख रहेको छ ।

तथ्यांकका अनुसार करिव १७ लाख आप्रवासीहरु दीर्घकालिन रुपमा कोरियामा बसोवास गर्दछन् । र बाँकी छोटो समयका लागि कोरियामा बस्दछन् ।अध्ययनका अनुसार दक्षिण कोरियामा सबैभन्दा बढी चिनिया नागरिक बसोवास गर्दछन् जो कुल आप्रवासीहरुको करिव ४३ प्रतिशत छन् । त्यसपछि भियतनामी, थाई, अमेरिकन, जापानिज, उज्वेकिस्तान, फिलिपिनो, रसियन, ईण्डोनेसियाली तथा मङ्गोलियनहरु रहेका छन् ।

सरकारी अध्ययनका अनुसार कोरियामा करिव ९ प्रतिशत आप्रवासीहरु गैर कानुनी रुपमा बसोवास गरिरहेका छन् । त्यस्तै गरि गत डिसेम्बर अन्त्य सम्ममा करिव ६४ हजार ३ सय ५८ जनाले शरणार्थीको परिचय पाउन आवेदन दिएका छन् जस मध्ये कोरियाली सरकारले पहिचान गरि २ हजार २ सय १७ जनालाई शरणार्थी परिचय पत्र समेत उपलब्ध गराएको छ । Hotpati

Author Since: Dec 06, 2019

Related Post