News

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगेकी नेपाली चेली रमिला उतै अस्ताइन् !

काठमान्डौ ,अष्ट्रेलियामा अध्ययनरत एक नेपाली चेलीकोे मृ’त्यु भएको छ ।अष्ट्रेलियाको सिड्नीमा रहेकी ललितपुर साना गाउँकी रमिला मर्हजनको मृ’त्यु भएको हो । उनी अध्ययनका लागि २ वर्ष अघि मात्रै अष्ट्रेलिया पुगेकी थिइन् ।श्रोतका अनुसार अष्ट्रेलिया पुगेपछि रमिलाई ब्रे’न ट्यु’मरको स’मस्या देखिएको थियो । त्यसको उपचार गराउने क्रममा उनको मृ’त्यु भएको बताइएको छ।

श्रीमान संजय महर्जनसँगै अष्ट्रेलियामा रहेकी रमिलाको दा’हसंस्कार अष्ट्रेलियामै सोमबार गरिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँमा रहेको अनन्त इङ्गलिस स्कूलबाट एसएलसी गरेकी रमिला बिबिएस सकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएकी थिइन् ।

उनको बिहे २ वर्ष अघिमात्र भएको थियो ।उनको मृ’त्युको खबरले म’र्माहत भएको भन्दै अनन्त अंगेजी विद्यालयका प्रिन्सीपल गोपाल प्रसाद घिमीरेले दुः’ख व्यक्त गरेका छन् ।‘हाल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका क्रममा रहेकी अनन्त इङ्गलिस स्कूलको २०६४ व्याचकी होनहार छात्रा रमिला महर्जनको अ’सामयिक नि’धनप्रति हा’र्दिक र श्र’द्धाञ्जली व्यक्त गर्दछु ।

रमिलाको नि’धनबाट पत्नी वि’योगको पी’डामा परेका सोही व्याचका यसै विद्यालयका छात्र सञ्जय महर्जन एवम् दुबै परिवारमा परेको बज्’रपातप्रति विद्यालय परिवार तथा व्यक्तिगत रूपमा म हा’र्दिक स’मवेदना व्यक्त गर्दछु ।’ प्रिन्सीपल घिमीरेले सामाजिक संजालमा लेखेका छन् ।

Author Since: Dec 06, 2019

Related Post