News

जापानको एउटा अस्पतालबाट ६००० मास्कको चोरी

पश्चिमी जापानको कोबेको एउटा अस्पतालमा ६००० मास्क चोरी भएको छ ।चोरी गर्ने मान्छे अहिलेसम्म पत्ता नलागेकोले पुलिसले अनुसन्धान अगाडि बढाइरहेको छ ।

कोरोना भाइरसको कारणले अहिले जापानमा मास्कको अभाव भइरहेको छ ।कोबे रेड क्रस अस्पतालका कर्मचारीले १२० बक्स रहेको ४ कार्टुन मास्क बिहिबार हराएको बताएका छन् । अस्पतालले सोमबार मात्रै पुलिसलाई सुचना दिएका हुन् ।

अस्पताल र पुलिसका अधिकारीहरुले मास्कको कार्टुन बन्द गरिएको अस्पतालको तेस्रो तल्लामा राखिएको बताएका छन् ।

जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै बजारमा मास्कको अभाव भइरहेको छ ।

जापानमा कोरोनाभाइरस बाट संक्रमित हुनेहरुको संख्या ६११ जना पुगेको छ ।

Author Since: Dec 06, 2019

Related Post