कोरिया खबर

किमको घोडाका लागि उत्तर कोरियाले हजारौँ डलर खर्च गरेको खुलासा

एजेन्सी । गतवर्ष उत्तर कोरियाका प्रमुख किम जोङ उन सेतो घोडामा सवार तस्बिरको व्यापक चर्चा भएको थियो । हिउँले ढाकिएको सडकमा सेतो सुन्दरगरी सजाइएको घोडामा उनी कथाहरुका राजकुमार जस्तै देखिएका थिए । यस्तोमा उनको सो सोख पूरा गर्न उत्तर कोरियाले हजारौँ डलर खर्च गर्नुपरेको नयाँ खुलासा भएको छ । रुसको भन्सार डाटाका अनुसार अघिल्लो वर्ष

उत्तर कोरियाले १२ वटा ‘प्योर ब्रिड’ का घोडा आयात गरेको थियो । यसरी अक्टोबर र डिसेम्बरका बीच किम त्यही घोडामा धार्मिक माउन्ट बेक्दुमा दुईपटक यात्रा गरेका थिए जसबारे कोरियाली संचार माध्यमभर अधिक प्रचार भएको थियो ।सो चित्रले अन्तर्राष्ट्रिय दबाबका बावजुद किमको शक्तिशाली छवि प्रस्तुत गरेको

प्योङयोङको राष्ट्रद्वारा सञ्चालित मिडियाले अधिक महत्वका साथ उल्लेख गरेको थियो । रुसबाट महङ्गा घोडा खरिद गर्ने उत्तर कोरियाको धेरै लामो इतिहास रहेको छ । संचार एजेन्सी रोयटर्सले रिभ्यु गरेको यो नयाँ डाटका अनुसार उत्तर कोरियाले गत वर्ष ७५ हजार ५०९ डलर बराबरका १२ वटा घोडा खरिद गरेको थियो ।

यसलाई २०१५ पछिको सबैभन्दा ठूलो खरिद बताइएको छ । त्यतिबेला भने यसले रुसबाट १ लाख ९२ हजार पर्ने ६१ वटा घोडाहरु किनेको थियो । यसरी २०१० देखि १९ का बीच उत्तर कोरियाले झन्डै ६ लाख डलर बराबरको १३८ घोडा आयात गरेको थियो । – रोयटर्सबाट

Author Since: Dec 06, 2019

Related Post