सामसुङ ग्यालेक्सी जेडको ग्लास नक्कली, स्क्रीनमा समस्या भए ११९ डलर पाइने
- by siddhartha@post
- 1 year ago
- 0 comments

काठमाडौँ-सामसुङले हालै सार्वजनिक गरेको बहुप्रतिक्षित स्मार्ट फोन ग्यालेक्सि जेडको दिगोपनालाई लिएर प्रश्न चिन्ह उत्पन्न हुन थालेका छन् ।क्यालिफोर्नियाबाट सार्वजनिक भएको उक्त मोडलको फोन अमेरिका, सिङ्गापुर तथा दुबई बाट बिक्रि हुन थाले सँगै सो फोनको दिगोपनालाई लिएर प्रश्न चिन्ह खडा हुन थालेका हो ।एक प्रख्यात युट्युवर जेरि रिग एभ्रिथिङ ले
हालै उक्त फोनको बिषयमा एक रिभ्यु भिडियो युट्युवमा अपलोड गरे सँगै फोनको भविष्य माथि प्रश्न चिन्ह खडा भएको हो ।उनका अनुसार सो फोनको अन्य पक्ष सवल रहेता पनि डिस्प्लेमा पूर्ण विश्वास गर्न सकिदैन । सामसुङले अल्ट्रा थिन ग्लासको प्रयोग गरेर सो फोन निर्माण गरेको छ ।
तर उनका अनुसार उक्त स्क्रिनमा प्रयोग गरिएको ग्लास नक्कलि छ, जुन छोटो समयमा नै समस्याको शिकार बन्ने छ ।उनका अनुसार कम्पनिले हाइब्रिड प्लास्टिक पोलिमर ग्लासको प्रयोग गरेको छ । उनि अगाडी भन्छन्, यदि यो फोनमा असली ग्लासको प्रयोग गरिएको भए त्यसमा स्क्र्याच लाग्थ्यो ।
तर कम्पनिले उनको सो रिभ्युमा सत्यता नभएको जनाको छ । कम्पनिका अनुसार उक्त स्क्रिनको सुरक्षाका लागि पातलो टेम्पर लगाएको छ जसले सक्र्याच हुन दिदैन ।कम्पनिले अगाडी भनेको छ, आफ्ना सो फोनका ग्राहकहरुको फोनमा स्क्रिनको समस्या आएमा एक पटक १ स १९ अमेरिकी डलरमा स्क्रिन रिप्लेसमेन्ट गरिदिने छ ।