कोरिया खबर

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप ह्वात्तै बढ्यो , एकैदिन २० जनामा संक्रमण

किशन गौतम ,पछिल्लो समय दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । बुधबार एकैदीन २० जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमितको संख्या केहि दीन स्थिर रहेपनि बुधबार ह्वात्तै बढेको कोरिया रोग नियन्त्रण केन्द्रले बताएको छ ।पछिल्लो पटक संक्रमित मध्ये १४ जना कोरियाको थेगु क्षेत्रका छन् ।

थेगुको एक चर्च बाट कोरोना भाइरस जांच गराउन आएका मध्ये १४ जनामा संक्रमण देखिएको हो । एकजना संक्रमित महिला उक्त चर्चमा गएपछि अरुलाई समेत सक्रमण फैलिएको बताइएको छ । हाल सम्म ति संक्रमित महिला १ सय ६६ जना संग सम्पर्कमा पुगिसकेको कारण सबैलाई बिसेष निगरानीमा राखिएको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

ति महिला पुगेको एक अस्पतालका कर्मचारीमा समेतमा संक्रमण देखा परेको छ ।त्यसैगरी बुधबार नै ख्यांगबोक क्षेत्रमा ३ जना संक्रमित भेटिएका छन्।११ बर्षीय बालिकामा समेत भाइरसको संक्रमण फेला परेको छ ।थेगु क्षेत्रबाट मात्रै १५ जना संक्रमित फेला परेपछि सरकारले उक्त क्षेत्र कोरोना भाइरसको केन्द्रबिन्दु हुनसक्ने भन्दै साबधानी अपनाउन सुझाब दिएको छ । hellonepalkorea.com

Author Since: Dec 06, 2019

Related Post