कोरिया खबर

दक्षिण कोरियाले विश्वकै पहिलो वातावरण नियमक सेटलाइट लञ्च गर्यो

सोल-दक्षिण कोरियाली अन्तरिक्ष अनुसन्धान केन्द्रले बुधबार चोलियान टु बि नामक वातावरण नियमक सेटलाइट सफलतापूर्वक लञ्च गरेको हो ।सेटलाइट निर्माणका डाइरेक्टर अनुसार चोलियान सेरिजका सेटलाइटहरु सन् २०११ बाट निर्माण गर्न थलिएको थियो । धेरैले काम माथि र हाम्रा प्रविधिहरु माथि शंका गरे पनि ति शंकाहरु तथा चुनौतिहरुलाई समाना गरेर बुधबार सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

उक्त सेटलाइट अमेरिकास्थित स्पेस सेन्टरबाट बुधबार बिहान ७ः११ मा प्रक्षेपण गरेको थियो । ११०० किमी प्रति घण्टाको दरले पृथ्विको परिक्रमा गर्ने यस सेटलाइटले कोरियन प्रायद्वीप वरपरको क्षेत्रमा रहेका धुलो तथा अन्य ग्यासहरुको बिकास र बृद्धिको क्रमलाइ मुल्याङ्कन गर्ने छ ।

यो सेटलाइटमा प्रयोग गरिएका सामाग्रीहरुको निर्माणमा बैज्ञानिकहरुले धेरै मेहनत गर्नु परेको बताउदै यो सेटलाइटमा केही कोरियाली तथा केहि युरोपियन र अमेरिकन प्रविधिको प्रयोग गरिएको छ ।हटपाटीबाट

Author Since: Dec 06, 2019

Related Post