कोरिया खबर

कोरियामा कामदारको तलब मापन गर्न वेवसाइट

सोल-दक्षिण कोरियामा कामदारहरुले पाउने तलवमा विभेद भएको व्यापक जनगुनासो आएपछि यहाँको श्रम मन्त्रालयले तलव मापन गर्न मिल्ने वेवसाईट सार्वजनिक गरेको छ ।

सार्वजनिक वेवसाइट स्थानीय कोरियाली श्रमिकहरुका लागि मात्र लागु हुने छ ।छ वटा विभिन्न बिधालाई आधार मानेर तयार गरिएको उक्त वेवसाइट www.wage.go.kr गत मंगलवार सार्वजनिक गरिएको हो । कर्पोरेट साईज, व्यापारको प्रकार, पेशा, व्यवसायिक करिअर, लिङ्ग तथा शैक्षिक योग्यताका आधारमा तलवमान तयार गरिएको छ ।

मन्त्रालय श्रोतका अनुसार उक्त वेवसाइटले कुन कम्पनिमा कस्तो रोजगार गर्ने ? कस्ता कामदारको तलव कति भन्ने बारेमा सम्पुर्ण जानकारी दिने छ जसले श्रमीक माथि हुने गरेको भनिएको विभेदको विषयलाइ सम्बोधन गर्ने छ ।मन्त्रालयका अनुसार सरकारले सन् २०१६ बाट २०१८ सम्मका ब्यापारिक तथ्याङ्कहरुलाई विश्लेषण गरेर उक्त वेवसाइट तयार गरेको छ ।सरकारका अनुसार यसमा ओभर टाईमको विषयमा भने केहि खुलाईएको छैन । यो वेवसाईट सञ्चालन पश्चात तलव वितरण पारदर्शी हुने सरकारी अधिकारीको विश्वास छ । hotpati

Author Since: Dec 06, 2019

Related Post