जापान समाचार

रेलमा यात्रीले मास्क नलगाइ खोकेपछि

फुकुओका । पछिल्लो समय चारैतिर कोरोना भाइरसको त्रासदी छ । कसैले खोक्यो, रुघा लागेको छ वा ज्वरो आएको छ भने हामी सबैको मन उसलाई भाइरसले त छोएको होइन भनेर चसक्क हुन्छ । भिडभाडमा जानु अघि मानिसहरु सर्जिकल मास्कलगायत सुरक्षाका वस्तुहरुले आफूलाई सुरक्षित गर्छन् । जापानमा कोरोना भाइरसको संक्रमण चीनपछि धेरै छ ।

मानिसहरु आफूलाई पनि भाइरसको संक्रमणले भेट्ला कि भनेर सचेत र सावधान हुनु त स्वभाविक नै हो । सामान्य स्थिति हो भने कसैले मास्क नलगाइकन खोक्दा खासै असर पर्दैनथ्यो । तर कोरोनाको त्रासदीले स्थिति अर्कै भएको छ । दक्षिण पश्चिम जापानमा केही दिन अघि छोटो समय रेल ढिला भयो ।

फुकुओका शहरको सबवे रेलमा एक जना यात्रीले मास्क नलगाइकन खोकेपछि अर्का यात्रीले तत्कालै ‘आपत-कालीन बटन’ थिचेपछि मंगलबार एउटा रेल केही समय ढिला भएको थियो ।तेन्जिन–मियामी र हाशिमोटो स्टेशनबीचको यात्रा गरिरहेको चारओटा डब्बा भएको एक रेलमा फेबु्रअरी १८ मा करीब राति ८ बजे यात्रीले आपतकालीन बटन थिचेको फुकुओका सिटी ट्रान्सपोर्टेशन ब्यूरोले बताएको छ ।

‘त्यहाँ एउटाले खोकिरहेको छ अनि उसले मास्क पनि लगाएको छैन,’ त्यसपछि एक जना यात्रीले भनेको थिए । बेफु स्टेशनमा रेल रोकिएपछि चालक र स्टेशनमास्टर डब्बातिर हुर्रिएका थिए । त्यहाँ २ जना मानिसहरु वादविवाद गरिरहेका थिए । यो घट’नाका कारण रेल ३ मिनेट ढिला भएको बताइएको छ ।

कसैले मास्क नलगाइकन आयो वा खोक्दा मुख छोपेनन् वा मास्क नलगाएको अवस्थामा खोक्यो भन्दैमा आपत-कालीन सूचना बटन नथिच्न ट्रान्सपोर्टेशन ब्यूरोका प्रतिनिधिले बताएका छन् ।

नेपाली ईन जापानबाट

Author Since: Dec 06, 2019

Related Post