कोरियामा कोरोना भाइरसबाट पहिलो पटक एकको मृत्यु
- by siddhartha@post
- 11 months ago
- 0 comments

सोल-कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्रले विहिवार सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमित एक विरामीको मृत्यु भएको छ ।६३ बर्षिय ती बृद्ध विगत २० दिनबाट अस्पताल भर्ना भएका थिए ।चोइङदो शहरको एक अस्पतालमा विगत २० दिन देखि उपचार गराइरहेका उनी निमोनियाबाट ग्रस्त थिए ।प्राथमिक परिक्षणमा कोरोनाको संक्रमण
भेटिए तापनि उनको मृत्यु के कारणले भएको हो भन्ने चाहीँ विस्तृत अध्ययन पश्चात मात्र थाहा हुने सरकारी अधिकारीले बताएका छन् ।हाल कोरियाको थेगु तथा ग्योङसाङ शहरमा मात्र ७४ जना कोरोना भाइरस संक्रमितहरु पत्ता लागिसकेका छन् । यसरि धेरै जना संक्रमित भेटिए संगै सरकारले ती दुई शहरका वासिन्दाहरुलाई
शहर छाडेर अन्यत्र जान प्रतिवन्ध लगाएको छ । सरकारका अनुसार उक्त कदम कोरोना भाइरस फैलिएर जनाओस् भनेर गरिएको हो ।यता हालै एक कोरोना संक्रमित व्यक्ति सहभागी भएको चर्चको कार्यक्रमका आयोजकले सम्पूर्ण सहभागीहरुलाई एक्लै बस्न अनुरोध गरेका छन् ।
चर्च व्सवस्थापकका अनुसार उक्त कार्यक्रममा सहभागी एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएकाले उक्त भाइरस अन्यमा नसरोस भनेर सो अपिल गरिएको जनाइएको छ ।हटपाटीको सहयोगमा