कोरियामा कोरोनाले उग्र रुप लिदै,आज मात्रै ५२ जना सङ्क्रमित संगै जम्मा १५६ जना !
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने /सउल ,दक्षिण कोरियामा आज शुक्रबार ५२ जना ब्याक्तीमा कोरोना भाईरस संक्रमण देखिए संगै जम्मा १५६ जना रोग सङ्क्रमित पुगेको रोग नियन्त्रण कार्यालयले पुस्टी गरेको छ।उच्च शतर्कता का बिच पनी यसरी द्रुत गतिमा शङ्क्रमण फेला परे संगै अहिलेसम्म भाईरस शंक्रमितको सङ्ख्या १५६ पुगेको छ।६८ बर्षिय कोरोना भाईरस शंक्रमित
कोरियन महिला जो दक्षिण कोरियाको थेगु सहरमा मंगलबार फेला परेसंगै बुधबार यति ठुलो सङ्यामा सङ्क्रमित फेला पर्नुलाई उनी नै कारक रहेको अनुमान गरिएको छ।कोरियामा आज विहान ९ बजे सम्मकाे अपडेट अनुसार ५२ जनामा एकैदिन भेटिएकाे कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको भनाई छ ।
यस्ले थेगु क्षेत्र काेरियामा काेराेना संक्रमणकाे केन्द्र भएकाे देखाएकाले सतर्क रहन सरकारले अपिल गरेकाे छ ।अहिले सम्म कोरोना भाईरसको कारण कोरिया एकजना को मृत्यु भईसकेको छ।दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मून जे इनले कोरोना जीवाणुको थप सङ्क्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए।कोरोना जीवाणुको सङ्क्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरु सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।