कोरियामा कोरोना सङ्क्रमित को सङ्ख्या निरन्तर उकालो लाग्दै , संयमित रहन सुझाब !
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने /सउल
दक्षिण कोरियामा कोरोना भाईरसको सङ्क्रमण निरन्तर उकालो लागीरहेको छ।शुक्रबार बेलुकी ६ बजेसम्म को अपडेट अनुसार आज नयाँ १०० जना ब्याक्तीमा कोरोना भाईरस संक्रमण देखिए संगै जम्मा २०४ जना कोरोना भाईरस सङ्क्रमित भएको रोग नियन्त्रण कार्यालयले पुस्टी गरेको छ।उच्च शतर्कता का बिच पनी यसरी द्रुत गतिमा शङ्क्रमण फेला परे संगै अहिलेसम्म भाईरस शंक्रमितको सङ्ख्या २०४ पुगेको छ।
कोरियामा आज विहान ९ बजे सम्मकाे अपडेट अनुसार ५२ जना भेटिएको थियो भने बेलुकी छ बजेसम्ममा ४८ जना थप बिरामी भेटिएपछी जम्मा सङ्क्रमितको सङ्ख्या २०४ पुगेको कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको भनाई छ ।
कोरियामा कोरोना भाईरसको ईपिसेन्टर मानिएको कोरियाको दक्षिणी भाग थेगु क्षेत्र भएकाले सतर्क रहन सरकारले अपिल गरेकाे छ ।अहिले सम्म कोरोना भाईरसको कारण कोरिया एकजना को मृत्यु भईसकेको छ।