कोरिया खबर

कोरियामा ४२ प्रतिशत समाचार झुटो, झुटो समाचार लेख्नेलाई ५ बर्ष जेल

सोल– कोरोना भाइरस बिरुद्ध लड्न एका तर्फ समयमा औषधि पत्ता नलागेको पिडा त छदै छ अर्को तर्फ झुटा समाचारहरुले समेत सताउँदा सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरु थप पिडामा पर्ने गरेका छन् ।कोरियामा जनावरी २० मा पहिलो पटक कोरोना भाइरसको स्क्रमण पुष्टि भए यता मानिसहरुले इन्टरनेटमा गई आफुखुसी सामाग्रीहरु अपलोड गर्ने गरेका

कारण सर्वसाधारण जनतामा सो रोग बारे सन्त्रास अझ बढेर गएको अधिकारीहरुले बताएका छन् ।गत ३१ जनावरीबाट फेब्रुअरी ४ तारिखसम्म १००० जनामा गरिएको अध्ययन अनुसार करिव ४२.५ समाचारहरु झुटा भएको पाईएको छ ।विशेष गरि युट्युवरहरुले अनावश्यक प्र्याङ्क भिडियो बनाउने, अनावश्यक प्रतिकृया लिने,

अनावश्यक शिर्षक राखेर समाचार बनाउने लगायतका समस्याहरु हाल ईन्टरनेटमा छ्यापछ्याप्ति पाईने गरेका छन् ।यो समस्या कोरियाको मात्र नभइ चीन, जापान लगायतका देशहरुमा समेत व्याप्त रहेका छन् । चीन सरकाले सो कार्यलाई निन्दनीय कार्य भन्दै ५ बर्ष जेल सजाय समेत सुनाएको छ र एक जनाले सो सजाय समेत पाएका छन् ।

यसरि झुटा समाचार संप्रेषणका कारण नागरिकहरुमा थप मानसिक तनाव समेत हुने भन्दै सरकारले ईन्टरनेट सेवा प्रदायकहरुलाई कडा नियमन तथा अनुसन्धान गर्दै दोषी उपर कडा सजाय गरिने समेत उल्लेख गरेको छ ।हटपाटीबाट शाभार

Author Since: Dec 06, 2019

Related Post