दक्षिण कोरियामा आजमात्रै २२९ जना नयाँ कोरोना सङ्क्रमित संगै जम्मा ४३३ सङ्क्रमित पुस्टी !
- by siddhartha@post
- 4 years ago
- 0 comments

गुरुदत्त न्यौपाने/दक्षिण कोरिया,
दक्षिण कोरियामा आज बेलुकी ४ बजेको तथ्याङ्क अनुसार कोरिया संक्रमितको संख्यामा ब्यापक रुपले बृद्दि भएको छ । जसअनुसार २ जनाको मृत्यु भएको छ भने ४३३ जना संक्रमित भएका छन् ।शुक्रबार २०४ जनामा संक्रमण भएकोमा शनिबार बेलुकी ४ बजेसम्म यो संख्या बढेर ४३३ जना पुगेको छ ।आजमात्रै जम्मा २२९ जना नयाँ बिरामी सङ्क्रमित भएको रोग नियन्त्रण तथा रोकथाम कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
कोरियामा विदेशी कामदारको भिषा अबधी बढाईने ।
गुरुदत्त न्यौपाने /सउल ,दक्षिण कोरियामा कोरोना भाईरसको सङ्क्रमण बढेसङ्गै जनशक्ती अभाव भएको कारणले यहाँ बसोबास गर्ने विदेशी कामदार लगाएत विधार्थीहरुको कोरिया बसाई अबधी बढाईने भएको छ।दक्षिण कोरियाको न्याय ,श्रम,मत्स्य तथा सामुन्द्रिक मामिला मन्त्रालयको आज बसेको सयुक्त बैठक ले कोरियामा अदक्ष कामदारको रुपमा रहेका E9 भिषा बहाक कामदार र E10 भिषा बहाक विदेशी नागरिकको भिषा अबधी ५० दिन थप गर्ने निर्णय भएको हो।
विश्वब्यापी कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियामा काम गर्न आउने बिदेशी कामदारको संङ्ख्यामा कमी आएसंगै यहाँको श्रम तथा न्याय मन्त्रालयले कामदारको अभाव परिपुर्ती गर्नको लागी यो उपाए अपनाएका हुन।कोरियामा कार्यरत E9 तथा E10 भिषा बहाक कामदारको भिषा सकिन लागेको तथा सकिईसकेको अबस्थाका कामदारले यो योजनामा सहभागी हुनसक्ने कोरियाली संचार संस्थाले जनाएका छन।
५० दिन भिषा अबधी थप्ने हकमा बिधार्थीहरुले ईमिग्रेशन नगई अनलाईन मार्फत नै आबेदन दिन सक्ने ब्यबस्था रहने तथा कामदारको हकमा पनी यो ब्यबस्था लागु गर्ने तयारीमा रहेको न्याय मन्त्रालयका एक अधिकारीले बताए।न्याय मन्त्रालयका एक अधिकारीले भने, “हामीलाई आशा छ कि यो उपायले औद्योगिक क्षेत्रमा कामदारको अभाबको समस्यालाई समाधान गर्दछ।हामी सम्बन्धित विभागहरूसँगको सहकार्यमा सुरक्षित र दक्ष अन्तर्राष्ट्रिय विद्यार्थी रहनको प्रबन्ध गर्न जारी राख्नेछौं।”
अबदेखी अर्को नियम परिवर्तन नभएसम्म कमिटेड कामदार तथा कम्पनी परिवर्तन गरेका भिषा अबधी सकिन लागेका दुबै कामदारहरुले कोरियामा थप ५० दिन बैधानिक तरिकाले बस्न पाउनेछन।