सुरज जिसि सहयोग अभियानमा ८६ लाख वन संकलन,अस्पतालबाट डिस्चार्ज गरियो
- by siddhartha@post
- 4 years ago
- 0 comments

दक्षिण कोरिया, बामदेव देवकोटा,लामो समय देखि दक्षिण कोरियामा उपचार गराइरहेका प्युठानका सुरज जिसीले आज अस्पतालको बेडबाट छुटकारा पायका छन् । अव उनि नागार्जुन गुम्बामा बस्ने छन् त्यहाँ उनका लागि निःशुल्क खाने बस्ने व्यवस्था मिलाइएको छ । पुर्ण रुपमा निको नभएसम्म नियमित चेकजाँचका लागि भने उनि अस्पताल जानु पर्ने छ ।
कोरिया प्रवेश गरेको २ महिनामै सवारि दुर्घटनामा पर्दा जिसीे गत मार्च देखि उपचारको क्रममा अस्पतालमा रहेका थिय । लामो समय सम्म अस्पतालमा उपचार गराउदा आर्थिक संकटमा परेका सुरजको सहयोगार्थ राप्ती समाज दक्षिण कोरियाले संचालन गरेको सहयोग अभियानबाट संकलीत रकम बाट अस्पतालमा आएको खर्च भुक्तानि गरेपछि जिसिलाइ आज राप्ती समाजका सल्लाहाकार संयोजक शुक थापा तथा हामी नेपाली ग्लोबल दक्षिण कोरियाका अध्यक्ष अम्बिका डिसी पार्कको रोहबरमा 의정부 ( 아이엠 요양 병원) अस्पताल बाट गुम्बा लगिएको हो।
जिसीको उपचारमा सहयोग गर्ने उद्धेश्यले संचालन गरिएको सहयोग अभियानबाट ८६ लाख वोन बढी रकम संकलन भएको छ । राप्ती समाज दक्षिण कोरियाले संचालन गरेको सहयोग अभियान तथा पहलबाट ८६ लाख ३४ हजार ९९६ वोन संकलन भएको बताइएको छ । जसमा राप्ती समाजले सहयोगका लागि आवहान गरेको बैक खातामा जम्मा ४७ लाख २५ हजार ९९६ वोन रकम संकलन भएको समाजका कोषाध्यक्ष सन्तोष खड्काले जानकारि दिएका छन् । यसबाहेक सहयोग अभियान सुरु भएपछि राप्ती समाजको पहलमा संस्थागत र व्यक्तिगत रुपमा अरु ४० लाख ३० हजार वन सुरजका लागि सहयोग प्राप्त भएको छ ।
जस अन्र्तगत नेपालीका लागि नेपाली दक्षिण कोरियाको आपातकालिन राहातकोष बाट १० लाख वन,हामी नेपाली दक्षिण कोरियाको ५ लाख वन त्यसैगरि सिन्धुपालचोक समाज दक्षिण कोरिया बाट ४ लाख १ हजार वन,सिहुं आन्सान एफ सि दामु शर्माको पहलमा ६लाख ६७ हजार वन,यमन सेन ठकुरीको पहलमा १० लाख १० हजार वन र विरामी सुरज जिसिको व्यतिगत खातामा ३ लाख २१ हजार वन गरि जम्मा ८६ लाख ३४ हजार ९९६ वोन सहयोग प्राप्त भएको अभियानका संयोजक तथा राप्ती समाजका बरिष्ठ उपाध्यक्ष ओमलाल ओलीले जानकारि दिय । संकलन भएको सम्पुर्ण रकम विरामी सुरज जिसि लाइ प्रदान गरियको उनले बताय ।
अस्पतालमा आएको खर्च ५४ लाख ३७ हजार ४९६ भुक्तानि गरियको र बाँकि रकम नियमित उपचारमा खर्च गर्नेगरि जिसीलाई हस्तान्तरण गरियको बताइयको छ । उनको उपचारमा सुरुदेखी नै एन.आर.एन.ए. कोरियाकि निवर्तमान अथ्यक्ष तथा समाजसेवी लक्ष्मी गुरुङको विशेष साथ र सहयोग रहेको छ । उनकै पहलमा गुम्बामा बस्ने व्यवस्था मिलाइएको हो ।यसैविच सुरज जिसि सहयोग अभियानमा साथ,सहयोग र हौसला प्रदान गर्ने सबै कोरियाबासी नेपाली,सामाजिक संघ संस्था सबै प्रति राप्ती समाज दक्षिण कोरियाले हार्दिक धन्यबाद ज्ञापन गरेको छ । समाजका अध्यक्ष दिलमोहन पुनले एक नेपालीलाइ दुःख पर्दा अरु नेपालीले देखायको यो सदायतालाइ प्रवासी भुमीमा सानो सहयोग मात्र नभइ वास्तवमा नेपाली नेपाली वीचको एकता,भाईचारा तथा आत्मीयता को एउटा उच्च नमुनाको रुपमा लिएको बताय ।सहयोग अभियान जनवरी २६ देखि फेब्रुअरी २० सम्म संचालन गरियको थियो ।