कोरियामा कोरोना भाईरसले महामारीको रुप लिएसंगै नेपाली राजदुताबास सउलको अत्यन्त जरुरी सुचना !
- by siddhartha@post
- 4 years ago
- 0 comments

गुरुदत्त न्यौपाने /सउल केही समय अघि चिनको हुवेई प्रान्तको वुहान सहरबाट फैलीएको कोरोना भाईरस ‘कोभिड-१९’ नामक प्राणघातक रोगको प्रकोप कोरियामा समेत महामारीको रुप लिन थालेसंगै कोरियामा रहेको नेपाली राजदुताबासले यहाँ रहेका नेपालीहरुलाई बिशेष शतर्कता अपनाउन अनुरोध गरेको छ।
कोरियाका सम्बध्द निकायको नियन्त्रण र रोकथामका नियमित प्रयासका बाबजुत पनि यसको सङ्क्रमण नियमित रुपमा उकालो लाग्दै गईरहेपछी अझबढी र सचेत हुन दुताबास स्रोतले आग्रह गरेको छ।
दुताबास स्रोतले आफ्नो वेभसाईट मार्फत आम कोरियाबाशी नेपाली तथा बिशेषगरी कोरोना भाईरसको कोरिया ईपिसेन्टर थेगुबाशी नेपाली दाजुभाई तथा दिदीबहीनी,विधार्थी,बिभिन्न पेशा ब्याबसायी तथा श्रमिकहरुलाई बिशेष शतर्कता अपनाउन सुझाएको छ।
सउल स्थित नेपाली राजदुताबासले आफ्नो वेभसाईट मा कोरोना भाईरसबाट बच्ने उपाय तथा बिधीहरुको बारेमा बिभिन्न सुचनाहरु प्रकाशित गर्दै आईरहेको जनाएको छ।बिभिन्न कोरियाली निकायबाट प्राप्त सचेतना तथा सुरक्षाका उपाएहरुको बारेमा राजदुताबासले आफ्नो वेभसाईट मार्फत सार्वजनिक जानाकारीको लागी प्रचार गरेकोले उक्त वेभसाईट मार्फत जानाकारी लिन दुताबासले आग्रह समेत गरेको छ।
दुताबासले प्रकाशित गरेको सुचना यस्तो छ।