कोरोनाबाट दक्षिण कोरियामा ५ जनाको मृ’त्यु ,६०२ जना संक्रमित
- by siddhartha@post
- 4 years ago
- 0 comments

सिओल । कोरोना भाइरसबाट दक्षिण कोरियामा मृ’त्यु हुनेको संख्या ५ पुगेको छ । यो भाइरबाट संक्रमित हुनेहरुको संख्या ६०२ जना पुगेको छ ।स्वास्थ्यकर्मीहरुले थप ८०५७ जनाको परीक्षणकालागि नमुना संकलन गरेका छन् । दक्षिण कोरियामा शनिबार रातिमात्रै १ सय २३ जना नयाँ संक्रमित थपिएका थिय भने आईतबार मात्रै १६९ जना नयाँ सङ्क्रमित पुस्टी भएको छ। यो संख्या आईतबार बेलुकी ४ बजेको हो।
कोरियामा कोरोना भाइरस महामारीको रुपमा फैलिन खोजेपछि नेपाली कामदारहरुमा पनि सन्त्रास उब्जेको छ ।छोटो समयमै कोरोनाको त्रास कोरियामा फैलिएको छ । कोरियाली सरकारले आफ्ना नागरिकहरुलाई सचेत रहन र निषेध गरिएका क्षेत्रहरुमा प्रवेश नगर्न आग्रह गरेको छ । थेगु प्रान्तबाट सुरु भएको कोरोनाको प्रकोप अहिले सउल, खाङ्वन, ख्यङ्गी, छन्बोक, ख्वाङ्जु, छन्नाम, छेजु, उल्सान, बुसान आदि ठाउँमा समेत देखिएको छ । जसमध्ये थेगुबाट सबैभन्दा धेरै कोराना भाइरस संक्रमित फेला परेकाछन् ।
अहिले थेगुमा विशेष सावधानी अपनाइएको छ ।कोरियाली सरकारले हालसम्म बाहिरबाट कोरोना मुलुकमा प्रवेश नगरोस् भन्नेतर्फ ध्यान दिएको थियो । तर मुलुकभित्रै संक्रमण फैलिएपछि सो नियन्त्रणतर्फ सरकारी संयन्त्र लागि परेको छ ।प्रधानमन्त्रीले यो परिस्थितिसँग जुझ्न केन्द्र र स्थानीय सरकार, व्यक्ति र चिकित्सा क्षेत्रको ठोस प्रयासको कोरियाली प्रधानमन्त्री चुंग सिए क्युनले आग्रह गरेका छन् ।
शुक्रवार सम्म २२९ जनामा कोभिड–१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो भने । शनिबार सम्म संक्रमितको संख्या ४३३ जनामा रहेको थियो आइतबार बिहान सम्म यो संख्या ५५६ पुगेको थियो भने आईतबार बेलुकी यो सङ्ख्या बढेर ६०२ पुगेको कोरियाली सन्चार माध्यमहरुले जानकारी दिएका छन् ।