कोरिया खबर
दक्षिण कोरियामा कोरोना भाईरसका कारण नेपाली श्रमिकलाई सास्ती !
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल-दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई रोजगारदाताले सचेत रहन आग्रह गरेका छन् ।रोजगार अनुमति प्रणाली (ईपिएस) मर्फत काम गर्न कोरिया पुगेका नेपालीहरुलाई रोजगारदाता कम्पनिहरुले साथीभाई भेट्न र घुम्न प्रतिबन्ध लगाएका छन ।नेपाली लगायत बिदेशी कामदारलाई कार्यस्थल या घर कुनै पनि बेला मास्क लगाएर बस्न निर्देशन दिएको छ भने बारम्बार साबुन पानीले हात धुनका लागि सुझाइएको छ ।
कोरियामा कामदार,बिद्यार्थी,ब्यबसायी,बैबाहिक लगायत विभिन्न भिसामा नेपाली रहेका छन् ।कोरियाको थेगु क्षेत्रमा कोविड १९ को संक्रमण ह्वात्तै बढेपछि त्यस वरपरका शहरमा पनि उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।कोरियामा आईतबार बेलुकीसम्म ५ जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको पुष्टि भइसकेको छ भने ६०२ जना सङ्क्रमित भएको यहाँका संचारमाध्यमले जनाएका छन् ।