कोरिया खबर

कोरोना भाईरसको कारण कोरियामा हाई अलर्ट ! आपतकाल घोषणा गर्ने तयारी

दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण द्रुतगतिमा बढ्न थालेपछि सरकारी निकाय सक्रिय भएका छन्।आईतबार बेलुकीसम्म कोरियामा ६०२ जना संक्रमणकारी फेला परेको सरकारी तथ्यांक छ। यसमा ५ जनाकाे निधन भइसकेकाे छ। फैलदोँ संक्रमणको अवस्थालाई हेरेर सरकार आपतकाल घोषणा गर्ने अवस्था नजिक रहेको छ। यही मार्च २ गतेदेखि सुरु हुने विधालय तथा विश्वविधालयको नयाँ सेमिस्टार दुई साताका लागि पछाडि सारिएको छ।

चीन, जापान र थाइल्यान्डबाट आफ्नो देशमा प्रवेश गर्ने मानिसलाई रोक लगाइएकाे छ। सरकारले शनिबार नै सबै देशका दूतावासमा पत्राचार गरेर आशंका लागेका आफ्नो देशका जनतालाई सार्वजनिक स्वास्थ्य चौकीमा जाँचका लागि पठाउन अनुरोध गरेको छ। कोरियाली अध्यागमन विभागले गैरकानुनी रुपमा कोरिया बसेका विदेशी नागरिकलाई तत्काल फिर्ता नपठाउने तथा स्वास्थ्य चौकीमा उपचारका लागि जाँदा उनीहरूको कानुनी हैसियत नसोधिने स्पष्ट पारेको छ।

कोरियामा हाल ६० हजारको हाराहारीमा नेपाली कामदार रहेका छन्। बुसानदेखि ३ घण्टा टाढा पर्ने थेगु शहरमा धेरै नेपाली कामदार रहेका छन्। कोरियाली सरकारले संक्रमणको अवस्थालाई हेरेर केही दिनमै आपतकालीन स्थितिको घोषणा गर्ने सम्भावना बढेपछि नेपालीहरू अन्यौलमा छन्। सिओलस्थित क्वाङउन विश्वविद्यालयका प्राध्यापक डा. भानु श्रेष्ठ कोरियामा अहिलेदेखि नै मास्क अपर्याप्त हुन थालेको बताउँछन्।‘अहिले म मास्क किन्न बजार निस्किएको थिए। मास्क सर्टेज भइसकेको छ। हामी सबै अन्यौलको अवस्थामा छौं,’ उनले भने, ‘विदेशी विधार्थी नयाँ सेमिस्टरका लागि आउने समय भएको हुनाले मार्च २ देखि सुरु हुने कलेज १६ तारिखसम्म सारिएको छ।’

अहिले कोरियाली सरकारले संकटको ४ वटा चरण बनाएको छ। जसमा ३ चरण उक्लिसकेको र चौथो चरणलाई रोक्न हरसम्भव प्रयास भइरहेको छ। ‘संकट घोषणा गर्न अन्तिम चरण बाँकी छ। स्थिति नियन्त्रणमा आएन भने आज–भोली नै घोषणा हुन्छ होला,’ डा. श्रेष्ठले भने। थेगुको एउटा चर्चबाट फैलिएकाे भनिएको कोभिड–१९ बाट ४ सय बढी घटना देगुमै फेला परेको छ। अहिले सिनेमा घर, चर्च, रेस्टुरान्ट र बजार जाँदा मास्क लगाउन आवहान गरिएको छ। यस्तै खाना खाँदा सेनिटाइजर प्रयोग गर्न भनिएको छ। काेरियाली चिकित्सक पनि यति बेला ‘हाइअर्ल्ट’ मा रहेकाे र काेभिड–१९ काे संक्रमण राेक्ने भ्याक्सिन निर्माणकाे तयारीमा जुटेका छन्।

Author Since: Dec 06, 2019

Related Post