कोरिया खबर

कोरियामा कोरोना भाइरस : थेगुको चर्चका १२ सय भन्दा धेरैमा लक्षण देखियो, पुष्टि हुन बाँकी , ६७० जना अझै सम्पर्क बाहिर

किशन गौतम /सउल ,पछिल्लो समय कोरियामा कोरोना भाइरसले महामारीको रुप लिएको छ ।शनिवार साझ सम्म उक्त रोगका कारण ५ जनाको मृत्यु भैसकेको छ भने ६ सय भन्दा धेरैमा संक्रमण देखापरेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।यसैबीच कोरियामा कोरोना भाइरसको केन्द्र मानिएको थेगुकोको शिन्छेङ्गी चर्चका ९ हजार ३ सय ३४ जना

सदस्य मध्ये थप १२ सयमा लक्षण देखिएतापनि पुष्टि हुन बाकि रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।त्यस्तै उक्त चर्चमा पटक पटक पुगेका ६७० जना अझै सम्पर्कमा नआएको कारण स्थिति थप बिकराल बन्न सक्ने बताइएको छ ।हाल सम्म पुष्टि भएका ६ सय २ जना मध्ये ५ सय जना थेगु क्षेत्रका छन् ।

थेगुको शिन्छेङ्गी चर्चमा प्राथानाको लागी पुगेकी एक ६१ बर्षीय कोरियन महिला बाट संक्रमण शुरु भएको थियो ।ति महिला फरक फरक मितिमा ३ पटक सम्म उक्त चर्च पुगेकी थिइन । हाल सम्म संक्रमणको पुष्टि भएका ६ सय २ जना मध्ये ५ सय भन्दा धेरै जना थेगु क्षेत्रका छन् ।

संक्रमणले महामारीको रुप लिन थालेपछि कोरियाको थेगु शहर सुनसान बन्न थालेको छ ।मानिसहरु घर बाहिर निस्किन छाडेका छन ।मानिसहरु आवत जावत गर्न छाडेपछि रेस्टुरेन्ट तथा व्यापारिक केन्द्रहरु समेत बन्द हुन थालेका छन् ।संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले थेगु शहर तथा आसपासका क्षेत्रमा बस्ने २५ लाख मानिसलाई घर भित्रै बस्न कडा निर्देशन जारि गरेको छ ।हेल्लो नेपाल कोरिया डटकम

Author Since: Dec 06, 2019

Related Post