दक्षिण कोरियाको थेगुमा अनिश्चितकालीन कर्फ्यू ,बिहे, मृत्यु,जन्मदिन जस्ता संस्कार नगर्न सरकारको आग्रह
- by siddhartha@post
- 4 years ago
- 0 comments

सोल-चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण कोरियाली शहर थेगु प्रभावित भएपछि सरकारले उक्त क्षेत्रबाट संक्रमण रोक्न स्थानियबासिहरु माथि विभिन्न रोकावटहरु लगाएको छ ।सन् २००९ मा फैलिएको फ्लुमा २६३ जनाको मृत्यु हुँदा कर्फ्यु लगाए यता कोरियामा यो नै कर्फ्युको पहिलो घटना हो ।सरकारले कोरोना संक्रमणको सामना सजिलै गर्न सकिने बताए
पनि अचानक धेरै मानिसहरुमा एक्कासी संक्रमण पाइएपछि सरकारले आपतकालिन बैठक बोलाएर उक्त शहर क्षेत्रमा संकटकाल घोषणा गर्दै कर्फ्यु लगाएको हो ।सरकारले केही हप्ताका लागि घर बाहिर ननिस्कन, सार्वजनिक स्थलमा भेला नहुन, सार्वजनिक सवारी साधनको प्रयोग धेरै नगर्न, बिहे, मृत्यु,जन्मदिन जस्ता संस्कारमा सहभागी नहुन तथा नगर्न सबै सर्वसाधारणहरुमा अनुरोध समेत गरेको छ ।
हाल उक्त शहरलाई कोरोना संक्रमणको हाई अलर्ट जोनमा राख्दै उक्त क्षेत्रका मानिसहरुको भीडभाड हुने क्षेत्रहरु जस्तै शैक्षिक संस्था, मेट्रो स्टेशन आदी बन्द गर्ने समेत सरकारले जनाएको छ ।सरकारको सो निर्देशन राष्ट्रपति मुनको निर्देशनमा बसेको आपतकालीन बैठकले गरेको हो । Hotpati