कोरियामा कोरोना भाइरस संक्रमित २२ जना निको भएर घर फर्के !
- by siddhartha@post
- 4 years ago
- 0 comments

किशन गौतम /दक्षिण कोरिया,दक्षिण कोरियामा केहिदीन देखि महामारीको रुपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । कोरिया रोग नियन्त्रण केन्द्र कार्यालय (केसिडीसी) अनुसार मंगलबार थप ६० जनामा उक्त भाइरसको संक्रमण फेला परे संगै कुल संक्रमितको संख्या ८९३ पुगेको छ ।
मगलबार नया संक्रमितको संख्या घटेको छ । सोमबार १६० जनामा संक्रमणको पुष्टि भएकोमा मंगलबार दिउसो सम्म ६० जना मात्रै नया संक्रमित फेला परेका छन् ।त्यसैगरी उक्त रोगका संक्रमित मध्ये २२ जना पूर्ण रुपमा निको भएर घर फिर्ता भएको रोग नियन्त्रण केन्द्रले बताएको छ ।
मंगलबार पुष्टि भएका नयाँ संक्रमित मध्ये ४९ जना थेगु तथा उत्तरी ख्यांङ्गसान प्रान्तका बासिन्दा छन् । बुसान तथा ख्याङ्गिदोमा पनि नया संक्रमित फेला परेका छन् ।हाल सम्म कोरोनाको आशंकामा १३ हजार २ सय ७३ जनालाई बिसेष निगरानी (quarantine) मा राखिएको छ भने हाल सम्म भाइरस जांच गराउनेको संख्या ३५ हजार ८ सय २३ पुगेको छ ।योंघाप न्युज एजेन्सी र हेल्लो नेपाल कोरिया डटकमको सहयोगमा