काेरीयामा काेराेना भाइरसकाे कारण ११ काे मृत्यु ९७७ जना संक्रमित
- by siddhartha@post
- 4 years ago
- 0 comments

सविना कार्की ।कोरोना भाइरसबाट दक्षिण काेरीयामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । साेमबार रातिसम्म ८ जनाकाे मात्र मृत्यु भएको थियाे भने मंगलबार साझसम्म थप ३ जनाकाे गरि ११ जनाकाे मृत्यु भइसकेको छ । साेमबार सम्म भाइरस बाट संक्रमित हुनेकाेसंख्या ८३३ जना थियाे मंगलबार संक्रमितको संख्या बढेर ९७७ पुगेकाे काेरीया एसबिएस च्यानलले देखाएको छ ।
त्यसैगरी १३ हजार ८८० जनामा काेराेना भाइरसकाे लक्षण देखा परि चेकजाँच लिइ विशेष निगरानीमा छ भने २२ जना संक्रमित भइ सामान्य अबस्था भएपछि घर फर्किएकाे काेरीया एनआरएनए सचिव मनाेज गाैतमले जानकारी गराएका छन् ।काेराेना भाइरस संक्रमित विभिन्न क्षेत्रमा काेराेना संक्रमितको संख्या सबैभन्दा धरै काेरीयाकाे सहर थेगुमा देखा परेकाे छ ।
फेब्रुअरी २५ साझसम्म थेगुमामात्र ५४३ जनामा उक्त भाइरस संक्रमित फेला परेकाे छ भने ख्यङ्बाेकमा २४८ ,बुसानमा ४३, ख्यङ्गिमा ४२,सउलमा ४०, ख्ङनाम २३, ख्वाङ्जुमा ९ ,खाङ्वन ६, छुङ्बाेक ५, थेजनमा ३ , उल्सानमा ३,छन्बाेक ३, इन्छन २, छन्नाममा २ ,छेजुमा २ र छुङ्नाम मा २ गरि जम्मा ९७७ जना संक्रमित भैसकेका छन् । र लक्षण देखापरेर चेकजाँच गर्नेकाे संख्या पनि दिनमा हजार बढि थपिदै गयकाे छ । कोरोनाभाइरस सङ्क्रमीत्काे सङ्ख्या अझै बढ्ने सक्ने आशँका गरियकाे छ ।

काेरीया स्थित नेपाली दुतावासले विज्ञप्ति निकाल्दै सम्पूर्ण नेपालीहरुलाई सचेत रहन आह्वान गरिसकेकाे छ भने अबैधानिक रहेका कामदार हरुलाई पनि लक्षण देखा परे सरकारी अस्पतालमा निशुल्क उपाचार गर्ने र उपचार गर्ने सिलसिलामा नपक्रिने पनि जानाकारी गरायकाे छ ।काेरीयन सरकारले संक्रमित क्षेत्रलाई विशेष निग्रानिमा राखि सतर्कता अपनाईरहेकाे छ ।काेराेना भाइरस संक्रमित बढे सँगै काेरीयामा कार्यरत नेपालीहरुमा पनि त्रास फैलिएको छ । संक्रमित क्षत्रमा रहेका केही नेपाली बताउँछन् सुरक्षाका उपायत अपनायका छाै तर डर भने लागि रहेकाे छ ।
र कतै कतै कम्पनीमा कार्यरत साथीकाे मृत्यु पछि संक्रमण फैलिन सक्ने डरले कम्पनि बन्द पनि भएको छ । काेरीयामा कार्यरत भुवन चाैलागाई भन्छन् काेराेना भाइरसकाे त्रासले कम्पनिमा काम गर्न जान, बजारमा सपिङ गर्न जान , लागायत दैनिक काममा बाधा भएको र भय बढेकाे बताउछन् । अर्का नेपाली शुक्रराज लिम्बू यसैगरी काेराेना भाइरसकाे संक्रमण बढिरहे सरकारले नेपालीको बारेमा सोचेर केही समाधान निकालिदए हुनेथियाे भन्ने मनसाय ब्यक्त गर्छन ।