कोरिया खबर

७ हजार ५ सय कोरियाली सैनिक कोरोना भाईरस आशँकामा क्वारेन्टाईनमा !

सोल– दक्षिण कोरियाली रक्षा मन्त्रालयले सार्वनजिक गरेको सुचना अनुसार हाल सम्म १३ जना कोरियाली सैनिक सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण भएको पुस्टि भएको छ भने सो रोगको संक्रमणबाट बचाउन ७ हजार ५०० जना अन्य सैनिकलाई क्वारेन्टाईनमा पठाईएको छ ।गत शुक्रवार पहिलो संक्रमण पाइएको थियो भने हाल उक्त संक्रमण फैलिएर १३ जनामा पुगेको छ ।

संक्रमित हुनेहरु कोरियाली स्थल, जल सेनामा कार्यरत छन् ।स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर राख्दै मन्त्रालयले बिहान १० बजे तथा बेलुका ५ बजे भाईरस संक्रमितहरु बारे सुचना सार्वजनिक गर्ने जानकारी समेत दिएको छ ।हालै कोरियाली शहर थेगुमा आयोजित एक धार्मिक सभामा सहभागिहरुमा तथा सहभागिहरु

सँग सम्पर्कमा रहनेहरुमा सो रोगको संक्रमणको सम्भावना बढी रहेको भन्दै सबैको स्वास्थ्य परिक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।रक्षा मन्त्रालयका साहायक प्रवक्ता मुन होक सिकका अनुसार ३ सय ५० जनालाई लक्षण तथा संक्रमितहरु सँगको प्रत्यक्ष सम्पर्क भएको आधारमा तथा अन्यलाई पनि सुरक्षाको दृष्टिकोणले क्वारेन्टाइनमा पठाईएको हो ।

मन्त्रालयका अनुसार हाल ब्यारेक बाहिर गरिने सम्पुर्ण ड्रिलहरु बन्द गरिएको छ र सम्पुर्ण सैनिकहरुलाई ब्यारेक फर्काईएको छ ।रक्षा मन्त्रालयले मातहतका सुरक्षा निकायलाई एक निर्देशन जारी गर्दै सुरक्षा संवेदनशीलता तथा स्वास्थ्य दुबैलाई चेक एण्ड ब्यालेन्स गरेर ब्यवस्था गर्न तथा स्वास्थ्यको मामलामा लचकता अपनाउन समेत निर्देशन दिएको छ ।यो खबर हटपाटीमा प्रकाशित छ।

Author Since: Dec 06, 2019

Related Post