कोरोना प्रभावित देश कोरियाको बिषयलाई लिएर संसदमा बहस !
- by siddhartha@post
- 3 years ago
- 0 comments

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीको उद्धारबारे प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको भन्दै सांसदहरुले नेपाली कामदार समेत त्यसबाट प्रभावित हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरुले मंगलबारको प्रतिधिन सभा बैठकमा कोरियामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन समेत माग गरेका छन् । बैठकमा नेकपाकी धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरिन् । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्ने बताइन् ।
यस्तै नेपाली काँग्रेसकी संसाद पुष्पा भुसालले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा विशेष संयन्त्र स्थापना गर्नुभने बताइन् । उनले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ सरकारले तदारुकता नदेखाइएको बताइन् । सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।