कोरिया खबर

दक्षिण कोरियामा कोरोनाका कारण ११ को मृत्‍यु,११४६ जना संक्रमित,२२ जना निको भए !

सउल दक्षिण कोरिया,दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । ११ सय ४६ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।बिहान को अन्तिम तथ्याङ्क अनुसार आज एकै दिन झण्डै १६९ नयाँ कोरोना सङ्क्रमित बिरामी थपिएका छन भने २२ जना उपचार गराएर पुर्ण रुपमा निको भएर घर फिर्ता भएका छन।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले देशले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ ।थेगु लगायतका सहरहरुमा आवातजावात बन्द गरिएको छ ।कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ ।

कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ ।गत जनवरी २० तारीख़देखी देखीएको कोरोना भाईरस फेब्रुअरी १८ सम्म सामान्य रहेपनी १९ तारीख़ देखी संक्रमितको संख्या हवात्तै बढदै  गएको हो। संक्रमित हुनेहरु मध्ये आधाजसो देगु शहर स्थित चर्चका सदस्य, तिनका आफंतहरू र तिनले भेटेका ब्यक्तिहरू रहेका छन ।

Author Since: Dec 06, 2019

Related Post