कोरिया खबर

कोरियामा कोरोना भाईरस सङ्क्रमण निरन्तर बढदो , आजमात्रै २८४ नयाँ सङ्क्रमित,एक विदेशी नागरिक सहित १२ जनाको मृत्यु !

सउल,दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । जसमध्य १ जना मंगोलियन नागरिक पनी रहेका छन।कलेजो प्रत्यारोपणको लागी केही महिना अगाडी कोरिया आएका उनमा कोरोना सङ्क्रमण देखिएपछी मृत्यु भएको हो।सङ्क्रमितको सङ्ख्या अहिले बेलुकी ५ बजेसम्म कुल १२६१ जना पुगेको छ।

बिहान को अन्तिम तथ्याङ्क अनुसार झण्डै १६९ नयाँ बिरामी थपिएका थिय भने बेलुकी सम्ममा जम्मा २८४ जना पुगेसंगै कुल सङ्क्रमितको सङ्ख्या १२६१ पुगेको हो ।दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले देशले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ ।

थेगु लगायतका सहरहरुमा आवातजावात बन्द गरिएको छ ।कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ ।कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ ।

गत जनवरी २० तारीख़देखी देखीएको कोरोना भाईरस फेब्रुअरी १८ सम्म सामान्य रहेपनी १९ तारीख़ देखी संक्रमितको संख्या हवात्तै बढदै  गएको हो। संक्रमित हुनेहरु मध्ये आधाजसो देगु शहर स्थित चर्चका सदस्य, तिनका आफंतहरू र तिनले भेटेका ब्यक्तिहरू रहेका छन ।

Author Since: Dec 06, 2019

Related Post