कोरोनाका कारण दक्षिण कोरियामा नेपालीले मास्कमा मात्र गर्छन् दैनिक ६ सय खर्च !
- by siddhartha@post
- 3 years ago
- 0 comments

कास्कीका अर्जुन श्रेष्ठ दक्षिण कोरियाको थेगुमा रेस्टुरेन्ट चलाउँछन्। रेस्टुरेन्टमा दिनभर खटिँदा उनले दुइटा मास्क प्रयोग गर्छन्। एउटा मास्कको २ सय ९० रुपैयाँ पर्छ। उनले यसरी मास्कको प्रयोग गर्न थालेको धेरै भएको छैन।पछिल्लो समय थेगुमा कोरोना-१९ को संक्रमण बढेपछि श्रेष्ठको मुखमा मास्क छुट्दैन।उनको रेस्टुरेन्टमा आउने ग्राहकले पनि मास्क नै लगाएर आउँछन्।
तर अहिले बजारमा मास्कको अभाव हुन थालेको श्रेष्ठले थेगुबाट मेसेन्जर कुराकानीमा सेतोपाटीसँग बताए। पहिले २ सय पर्ने मास्कलाई अहिले ९० रुपैयाँ बढी तिर्नुपर्छ। त्यो पनि भन्नुबित्तिकै पाइँदैन,’ उनले भने।
कोरोना-१९ को संक्रमणपछि दक्षिण कोरियामा मास्कको अभाव हुन थालेको छ।
अहिले हरेकले एकचोटीमा दुइटा मात्र मास्क लिन पाउँछन्।पछिल्लो समय अनलाइनबाट मास्क अर्डर गर्दा पनि समयमा नआइपुग्ने भन्दै श्रेष्ठले भने, ‘शुक्रबार अर्डर गरेको मास्क हिजोमात्र आइपुग्यो।’मास्क अभावकै कारण केहीले कालोबजारीमा मास्क बेचिरहेको छङ्जुमा रहेका एक नेपालीले बताए।’अहिले कतिले ५ सय रुपैयाँसम्ममा मास्क बेचिरहेका छन्। अन्त पाइएन भने त्यो भए पनि किन्नुपर्छ,’ उनले भने।
सर्जिकल मास्क ४० रुपैयाँमा आउने भए पनि अधिकांशले अलिक गुणस्तरको ‘एन-९५’ नै मास्क प्रयोग गर्ने गरेको श्रेष्ठले सुनाए।कामको बेला कम्पनीले नै मास्क उपलब्ध गराउने भए पनि अरुबेला लगाउने मास्क आफैं किन्नुपरेको उनले बताए।अहिले दक्षिण कोरियामा रहेका नेपालीले मास्क प्रयोगलाई अनिवार्य गरेका छन्।
बुधबारसम्म कोरोना-१९ का कारण दक्षिण कोरियामा १२ जनाको मृत्यु भएको छ भने १२ सय मानिस संक्रमित छन्। जसमा धेरै थेगु प्रान्तका छन्।सहरमा कोरोना-१९ को संक्रमण बढ्दै गएपछि अहिले थेगुको माहौल नै सुनसान रहेको श्रेष्ठले सुनाए।’सबै सुनसान छ। मान्छेको चहलपहल कम छ। मैले पनि दुई दिन रेस्टुरेन्ट बन्द गरेर हिजोमात्र खोलेको हो,’ उनले भने।यो खबर सेतोपाटीमा प्रकाशित खबर हो।