कोरिया खबर

यसकारण कोरियामा जन्मदर घट्यो !

सोल-दक्षिण कोरियाको लगातार घट्दै गएको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ। करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९) मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीहरुले बताएका छन्।कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयू भएका व्यक्तिहरु छन् तर जन्मदर भने सबैभन्दा न्यून छ।

यी दुई पृथक सूचकका कारण कोरियाली जनसांख्यिक संरचनामै ठूलो सङ्कट आउने अवस्था सिर्जना भएको छ।कोरियाली तथ्याक ब्यूरोले सन् २०१९ मा कूल ३ लाख ३ हजार १०० बालबच्चा जन्मिएको जनाएको छ। अघिल्लो वर्षको तुलनामा यो ७.३ प्रतिशत कम हो।मुलुकको प्रजनन दर पनि ०.९२ मा झरेको छ।

प्रजनन दर भन्नाले एक महिलाले आफ्नो जीवनकालमा अपेक्षा गरेको बच्चाहरूको कूल संख्या हो। यो लगातार दोस्रो वर्ष पनि एकभन्दा कमै छ, र जनसंख्यालाई स्थिर राख्न चाहिने २.१ भन्दा यो निकै कम हो।परम्परागत सामाजिक मूल्यमान्यता, महिलाहरूमाथि बालबच्चा हुर्काउन सामना गर्नुपर्ने बोझ र आफ्नो करिअरजस्ता अवरोधले कोरियाली महिलालाई बालबच्चा जन्माउन दुरुत्साहित गरेको अध्ययनले देखाएको छ।

सरकारले जन्मदरमा सुधार ल्याउन सन् २००६ यता १ खर्ब ४८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ तर सन् २०६७ सम्ममा कोरियाली जनसंख्या ३ करोड ९० लाखमा झर्ने प्रक्षेपण गरिएको छ। सन् २०६७ मा कोरियालीको मध्यम आयू बढेर ६२ वर्ष पुग्नेछ।

Author Since: Dec 06, 2019

Related Post