कोरिया खबर

६० प्रतिशत कोरियाली युवा विदेशीन चाहान्छन्

सोल-‘डोमेस्टिक जव प्लेसमेन्ट’को म्याचिङ प्लेटफर्मले हालै सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार ६० प्रतिशत कोरियाली युवाहरु आफ्नो उज्वल भविश्य निर्माणका लागि विदेशीन चाहेको देखाएको छ ।बच्चा जन्माउने, हुर्काउने, तथा अन्य दैनिकी सञ्चालन कार्यमा सहजता अपनाउन बलियो आर्थिक हैसियत हुनु पर्ने र सो व्यवस्थापनका लागि विदेश जानु उत्तम बिकल्प रहेको उनीहरुले बताएका छन् ।

तीसको दशकमा रहेका करिव ६६ प्रतिशत तथा ४० को दशकका करिव ६२ प्रतिशत युवाहरु सुरक्षित भविश्यका लागि विदेशीन चाहेको उक्त अध्ययनले देखाएको हो ।४ हजार २ सय २९ जना २०-५० बर्ष उमेर समुहका युवाहरुमा गरिएको उक्त सर्वेक्षणमा सो तथ्य पाइएको हो । २० को दशकका ५६.४ प्रतिशत तथा ५० को दशकका ५१.५ प्रतिशत मानिसहरु पनि रोजगारका लागि विदेश जान चाहान्छन् ।

विदेशीने मध्ये ४३.३ प्रतिशतले आरामको अभाव, ४३ प्रतिशतले नयाँ अनुभव लिन, ४१ प्रतिशतले राम्रो सामाजिक सुरक्षा, ३४.१ प्रतिशतले बालबच्चाको असल शिक्षा, तथा १८ प्रतिशत ले नयाँ व्यापार सुरु गर्न विदेश जान चाहेको बताएका छन् ।विदेश जाने मध्ये धेरैले अमेरिका, अष्ट्रेलिया, नर्वे, डेनमार्क,स्वीडेन, फिनल्याण्ड, फ्रान्स लगायतका देशहरु रोजेका छन् ।

३० तथा ४० को दशकका युवाहरुलाई देश विकासको मेरु दण्डको रुपमा लिइन्छ । सोही समुहका मानिसमा भएको देश प्रतिको असन्तुस्टि देशको विकासका लागि घातक हुन सक्छ ।hotpati

Author Since: Dec 06, 2019

Related Post